नेपालप्रति मोह बन्यो विद्यालय



‘हामी धेरै खुसी छांै, विदेशमा रकम संकलन गरेर हाम्रो गाउँको विद्यालय बनाइदिनुभयो। अब नेपालको शिक्षा क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गर्नूस्’, भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गरी नयाँ विद्यालय बनेपछि खुसीले गदगद भएका स्थानीयले भने– ‘तपार्इंहरू त हाम्रो लागि दउतै बनेर आउनुभयो।

ओहो ! ताइवानमा बसेर पनि हाम्रो गाउँको यत्रो माया, हो तपाईंहरू जस्तो मनकारी विदेशमा भएका नेपाली दाजुभाइ भइदिएको भए यस्ता धेरै विद्यालय बनिसक्थे होला।’

सिन्धुपाल्चोक जिल्लाको चण्डेनी गाविसस्थित कालीकुमारी प्राविको भवन बनाइदिएपछि खुसीले गदगद भएका शिक्षक र स्थानीयले भन्न थाले– ‘तपाईंहरूको सहयोगले यहाँका बालबालिका भविष्यमा ठूलो मान्छे हुनेछन्। यही विद्यालयको सेवा गर्नेछन्। २५ लाख रुपियाँ लागतमा दुईकोठे पक्की भवन, डेक्सबेन्च, खानेपानीलगायतका विद्यार्थीलाई स्टेसनरी सहयोग गरेको ताइवानबासी नेपाल ताइवान एसोसियसनले त्यो गाउँको शिक्षामा ठूलो गुन लगाइदिएको छ।

‘हामीले त सानो सहयोग मात्रै गरेका छौं, सरकारले हाम्रो परियोजनलाई स्वीकार गरे करोडौं रुपियाँ ल्याइदिनेछौ। सरकारको कारण काम गर्न समस्या परेको बताउँदै एसोसियसनका अध्यक्ष राजु गुरुङले सबैको सहयोग भए यो जिल्लामा अझै सहयोग गर्नेछौं। वास्तवमा हामी भूकम्पबाट भत्किएको विद्यालयको बारेमा अध्ययन गर्न आउँदा हामीलाई हाम्रा दाजुभाइ नेपाली विद्यार्थीको अति नै दुःख लाग्यो, भवन छैन कहाँ बसेर पढ्ने ? साना भाइबहिनीको चिन्ता लाग्यो अनि हामीले जिल्ला शिक्षा कार्यालयको सहयोगमा स्थानीय जनताको सहभागितामा विद्यालय बनायौं’ –अध्यक्ष गुरुङले भन्नुभयो।

‘विदेशमा बस्नुभएका नेपाली दाजुभाइले हाम्रो गाउँलाई गर्नुभएको योगदान जुनी–जुनीसम्म कायम रहनेछ’, स्थानीय माओवादी केन्द्रका प्रतिनिधि ध्रुवप्रसाद नेपालले भन्नुभयो– ‘उहाँहरूले भवन बनाइदिनुभएको छ अब हामी यो विद्यालयलाई नमुनाको बनाइदिनेछौं। हामीले विदेशमै रहेका नेपाली दाजुभाइले सहयोग गरेर विद्यालय बनाइदिएकोमा खुसी भएका छौं’ –उहाँले भन्नुभयो। एमाले प्रतिनिधि यादवप्रसाद नेपालको पनि धारणा त्यस्तै थियो– ‘भूकम्पले हाम्रा छोरोछोरीले पढ्ने भवन भत्काइदियो, हामीले सोचेका थियौं, अब कसरी विद्यालय बनाउने ?

त्यही बेला उहाँहरू आउनुभयो। विद्यालय बनाउँछांै भन्नुभयो अनि हामी सबैले सहमति दियौं उहाँहरूले बनाइदिनुभयो।’ फेरि भूकम्प आउँदा विद्यालयलाई केही असर नपरोस् भनेर पक्की भवनमा ट्रस्टले छाएको छ सो भवन करिब एक वर्ष लगाएर निर्माण गरिएको हो। ‘हामीलाई विदेशमा बस्ने नेपाली दाजुभाइले ठूलो उपहार दिनुभएको छ, त्यो उपहार कहिल्यै पनि फर्काउन सक्दैनौं। यहाँका भाइबहिनीलाई शिक्षादीक्षा दिएर तपाईंहरू जस्तै ठूलो मान्छे भएर गुन तिर्ने प्रयास गर्नेछौं’ –विद्यालयका शिक्षिका कविता नेपालले भन्नुभयो।

‘हामीले नेपालमा भूकम्प गएको दुःखद घटना थाहा पाउनासाथ ताइवानको राजधानी ताइपेयीलगायतका स्थानका विभिन्न ठाउँमा गएर नेपालीलाई सहयोग गरौ भन्दै रकम संकलन ग¥यौं, केहीले हामीलाई नेपालीलाई सहयोग गर्न तयार छौं भन्दै सहयोग गर्नुभयो, त्यही संकलन गरेको र ताइवानमा रहने नेपाली साथीहरूसँग संकलन गरेको रकमबाट विद्यालय भवन निर्माण गरेका हौं’ –एसोसियसनका सल्लाहकार राजेश श्रेष्ठले भन्नुभयो। उहा“ले नेपाल सरकारले सहयोग गरे हामी यस्ता थुप्रै काम गर्न तयार छौं भन्नुभयो।

विद्यालयका प्रधानअध्यापक बलराम नेपालले विद्यालय भवन बनाएर यहाँका जनतालाई ठूलो सहयोग गरेको जानकारी दिनुभयो। विद्यालय भवनको उद्घाटन समारोहमा बोल्दै उहाँले भन्नुभयो– ‘विद्यालय त बन्यो, अब कम्पाउन्ड गर्न पाए राम्रो हुने थियो।’ संस्थाका अध्यक्ष गुरुङले स्थानीयको चाहनाअनुसार सो विद्यालयलाई थप सहयोग गर्न तयार रहेको बताउनुभयो। भूकम्पले ध्वस्त भएको विद्यालय पुनर्निर्माण गरेर गाउँकै इज्जत राखिदिनुभएकोमा ताइवानमा बस्ने नेपालीलाई धन्यवाद दिँदै प्रअ नेपालले यस्तो सहयोग निरन्तर भइरहने अपेक्षासमेत राख्नुभयो। दुई वटा मावि र एक निजीसहित आधा दर्जन विद्यालय रहेको सो गाविसमा पर्ने सो प्राविमा करिब सय विद्यार्थी अध्ययनरत छन्। ‘अब यो विद्यालदयलाई जोगाइराख्नु हामी सबैको कर्तव्य रहेको छ।

विदेशमा बस्ने नेपाली दाजुभाइको सहयोगमा विद्यालय त बन्यो अब यसको साख जोगाइराख्नु हामी सबैको कर्तव्य हो’ –स्थानीय नेपाली कांग्रेसका प्रतिनिधि पदमबहादुर नेपालले भन्नुभयो। दलित, तामाङ, बाहुन, क्षत्रीलगायतको बसोबास सरको सो गाउ“मा सो विद्यालय कहलिएको छ। कम जनसंख्या भएकाले पनि विद्यार्थीको संख्या कम भएको सो विद्यालय सो भेगको पुरानोमध्येको एक हो। ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर तामाङ विदशमा रहनुभएका नेपाली दाजुभाइ र हामी स्थानीय मिलेर पक्की भवन निर्माण भएको छ। अब यसलाई वर्षौं वर्षसम्म जोगाइराख्नुपर्ने हाम्रो दायित्व हो’ –उहाँले भन्न्ुभयो।

शिक्षासेवी मोहन कार्कीले नेपालप्रति अगाध माया राख्ने तर विदेशमा बसोबास गर्ने नेपालीले यस्तो गाउ“को विद्यालयलाई छनौट गरी पक्की भवन निर्माण गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो– ‘गाउँलेले पक्की विद्यालय पाएका छन् यसलाई जोगाइराख्नु सबैको कर्तव्य हो।’ भवन निर्माण समितिका अध्यक्ष श्यामबहादुर तामाङले अब विद्यार्थी अभिभावक र विद्यालयको सुरक्षा गर्नुपर्ने बताउनुभयो। चण्डेनी गाविसका सचिव माधव खतिवडाले ताइवान एसोसियसनले गरेको सहयोगबाट सयौं अभिभावक र विद्यार्थी खुसी भएको बताउँदै अब विद्यालय जोगाउन स्थानीयबासीहरू एकजुट हुनुपर्ने बताउनुभयो।

विद्यालय भवन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बन्न पुग्नुभएका खतिवडाले संस्थाले ग्रामीण भेगको विकासका लागि अन्य सहयोग गर्नुपर्ने बताउनुभयो। एसोसियसनका सल्लाहकार रामेश्वर दाहालले समाजको आवश्यकता बुझेर संस्था दर्ता भएको र संस्थाले यस्ता धेरै क्षेत्रमा सहयोग गर्न सक्ने उल्लेख गर्नुभयो। एसोसियसनले भूकम्पपछि गोरखाका चार, काठमाडौंका करिब आधा दर्जन, धुर्मुस–सुन्तली फाउन्डेसन, खगेन्द्र नवजीवन केन्द्रका अपांगता भएका विद्यार्थीलाई विभिन्न सामग्र हस्तान्तरण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्