एम्सको रजत महोत्सव



लगनखेलस्थित एम्स एकेडेमीले स्थापना कालको २५औं वार्षिक उत्सवमा विविध कार्यक्रम आयोजना गरेको छ। २५ वर्ष पूरा भएको अवसरमा खेलकुद, उपत्यकाव्यापी हाजिरी जवाफ, विज्ञान प्रदर्शनीलगायतका कार्यक्रम सम्पन्न गरेको छ।

रजत महोत्सव समारोहमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको शिक्षाको स्तर बढाउनमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो– ‘निजी क्षेत्रले गरेको योगदानको कदर गर्नेपर्छ।’ उहाँले मुलुकमा निजी क्षेत्रले गरेको योगदानको सम्झना गर्नुपर्ने र त्यसको उदाहरण निजी विद्यालय नै भएको बताउनुभयो।

विज्ञान प्रदर्शनीमा वैज्ञानिक दामोदरप्रसाद गौतमले विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा आकर्षित गर्नै विद्यालयले विज्ञान प्रदर्शनी सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रममा एम्सका संस्थापक प्रिन्सिपल टीआर ढकालले विद्यालयले २५ वर्षमा विद्यालयले ठूलो उतारचढाव भोग्नुपरेको बताउनुभयो।

उहाँले नेपाली कांग्रेसको सर्वमान्य नेता गणेशमान सिंह र कम्युनिस्ट पार्टीका संस्थापनक तुल्सीलाल अमात्यले विद्यालयको शुभारम्भ गराउनुभएको स्मरण गराउनुभयो। विद्यालयले यो वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी रजत महोत्सव मनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्