यी रहिछन् बच्चा लग्ने युवती



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गएको शुक्रबार चोरी भएको नवजात बालकलाई पर्सा प्रहरीले ४८ घण्टापछि उद्धार गरी आइतबार आफन्तको जिम्मा लगाएको छ।

पर्साको बेल्वा गाविस वडा नं. ९ निवासी बिन्देश्वर कानूका घरबाट प्रहरीले शिशुलाई उद्धार गरेको हो भने बालक चोरीमा संलग्नलाई पक्राउ गरिएको छ। बिन्देश्वर कानूकी छोरी लालसादेवीलाई प्रहरीले बच्चा चोरीको अभियोगमा पक्राउ गरेको छ। प्रहरीका अनुसार लालसाको कुनै जायजन्म नै नभएका कारण उनले उक्त शिशुलाई चोरी गरेर आफ्नो सन्तान बनाउन लागेकी हुन्।

बिहे भएको ५ वर्ष पुग्दा पनि आफ्ना तर्फबाट छोराछोरीको जायजन्म नभएका कारण लालसादेवी चिन्तित भएको र उनले शिशुको चोरी गरेको खुलेको पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले पत्रकार सम्मेलनमा बताउनुभयो। लालसादेवीले प्रहरीलाई दिएको बयानमा भनेकी छिन्– ‘एक महिनादेखि बारम्बार बच्चा चोर्ने प्रयास गरिरहेकी थिएँ, तर शुक्रबार मात्रै सफल भएँ।’ वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवी पासवान र मुकेश पासवानको नवजात छोरोलाई लालसादेवीले अस्पतालको शय्याबाटै शुक्रबार दिउँसो चोरेकी थिइन्।

भर्खरै जन्मिएको शिशुलाई हेरचाह गर्ने नर्स र आफन्तहरू यताउति लागेको मौका पारेर उनले शिशु चोरेकी थिइन्। चोरी भएको शिशु आइतबार दिउँसोसम्म माइतीघरमा लुकाएर राख्न उनी सफल भइन्। तर, प्रहरीले आइतबार शिशु फेला पा¥यो र उनलाई पक्राउ ग¥यो।

बच्चा लिएर भिस्वास्थित घरमा गएको भए मानिसहरूले शंका गर्ने लालसादेवीलाई डर थियो। ‘त्यसैले, उनले जुक्ति निकालिन्, बच्चा बोकेर माइत जाने र भन्ने कि म सुत्केरी भएर माइत आएको’ –प्रहरी उपरीक्षक साहले लालसालाई उद्धृत गर्दै बताउनुभयो। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको नवजात शिशु ४८ घन्टाभित्रै सकुशल फेला पार्न प्रहरी सफल भएको छ। बच्चा चोर्ने महिला लालसादेवीले आफूबाट जायजन्म नभएको र सन्तानको चाहना ज्यादै नै भएकाले यसरी बच्चा चोरेको प्रहरीलाई बयान दिएकी छिन्।

प्रहरीले बच्चा आफन्तलाई जिम्मा लगाएको छ। बच्चालाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ। बच्चाको स्थिति सामान्य नै रहेको प्रहरीको भनाइ छ। पर्सा प्रहरी उपरीक्षक साहले पत्रकार सम्मेलनमा भन्नुभयो– ‘हामी पुग्दा लालसादेवी माइतीघरमा बकाइदा सुत्केरी जस्तै बनेर बसिरहेकी थिइन्।’ सन्तान जन्माउने रहर कसलाई ह“ुदैन।

लालसादेवीलाई पनि यस्तै लालसा जाग्यो। ‘तर, उनले सन्तान नजन्मिनुको कारण खोजी गर्न डाक्टरस“ग परामर्श लिनुको साटो जघन्य अपराधको बाटो रोजिन्’ –प्रहरी उपरीक्षक साहले भन्नुभयो। घटनाको विषयमा अझै अनुसन्धान जारी रहेको उहा“ले बताउनुभयो। आफ्नो सन्तान पाएपछि मुकेश पासवानसहितका परिवारले भने निकै खुसी हु“दै प्रहरीलाई धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनुहोस्