यसरी पनि ‘टार्गेट’



अमेरिकामा अहिले ट्रम्प प्रशासनको गडबडीका कारण त्यहाँ रहेका नेपालीलाई पनि अप्ठेरो परिरहेको गुनासो धरहरा वरपर त्यहाँ रहेकाहरूका आफन्तहरूले गरिरहेका छन्। तर, वासिङ्टनमा रहेको नेपाली दूतावास भने कहिले पनि सर्वसाधारणको सम्पर्कमा नरहने गरेकोसमेत सुनिएको छ।

कुरा त्यति मात्रै होइन राजदूतले राखेकी एक जना कर्मचारी नै अमेरिकी राष्ट्रपतिको विरुद्धको जुलुसमा गैरकूटनीतिक ढंगले सहभागी भइन् रे। कूटनीतिक कामलाई समेत सायद दूतावासले एनजीओ आईएनजीओले चलाएको अभियान ठानेको हो कि भनेर परराष्ट्र मन्त्रालयमा अहिले गाइगुई चलेको धरहराले चाल पाएको छ।

होइन के गर्न हुने के गर्न नहुने भनेर पनि पत्ता लाउन नसक्ने मान्छेहरूको भीड किन दूतावासमा जम्मा पारिएको होला? दूतावासको यस्तो हर्कतका कारण पनि त्यहाँ रहेका नेपालीलाई सरकारले ‘टार्गेट’ गर्न थालेको गुनासो नेपालमा आइरहेको छ। ती मनुवाहरूलाई कसले सिकाइदिने होला कूटनीति ?

अति भएपछि त कसैले सिकाउला नि भनेर अमेरिकामा रहनेहरूका नेपाली आफन्तले अहिले प्रतिक्षा गरिरहेको पाइएको छ। धरहरालाई चाहिँ यसबारेमा कुनै टिप्पणी गर्नुछैन है पाठकबृन्द⁄ यहाँहरूको केही छ भने भन्नुहोला।

प्रतिक्रिया दिनुहोस्