शेयर बजारमा उतारचढावपूर्ण साता



नेपाल समाचारपत्र
काठमाडौं
साताभरी निक्कै उतारचढावपूर्ण रहेको शेयर बजार साताको अन्तिम कारोबार आरोलो लागेको भए पनि समग्रमा यस साताको कारोबार अघिल्लो साताको भन्दा सुधार भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबारको तुलनामा ७२ दशमलव ७५ अंकले बढेर अन्तिम दिन कारोबार बन्द हु“दासम्म १३८२ दशमलव ४५ अंकमा पुगेको छ। सोमबार नेप्से परिसूचक ६५ दशमलव ४४ अंकले घटेर १३०९ दशमलव ७० अंकमा झर्दा लगानीकर्ताले एकै दिन ७४ अर्ब रुपिया“ गुमाएका थिए।

तर, मंगलबार करिब १७ अंकले नेप्सेमा वृद्धि भएपछि लगानीकर्ताको सम्पत्ति ४५ अर्ब रुपियाँ थपिएको थियो। त्यस्तै बुधबार नेप्से ६३ दशमलव २३ अंकले बढेर १३८९ दशमलव ८३ अंकमा पुगग्दा शेयर लगानीकर्ताको सम्पत्ति ७१ अर्ब रुपियाँले बढेको थियो। तर, साताको अन्तिम कारोबार हुँदा नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर १३८२ दशमलव ४५ विन्दुमा रोकिएको छ।

शहिद दिवसका कारण पहिलो दिन बिदा भएकाले साताभरी चार दिन मात्रै कारोबार भएको थियो। चार दिनमा १ सय ५६ कम्पनीको ५९ लाख ५ हजार ५ सय ८० कित्ता शेयर २० हजार ६ सय ६० पटकको कारोबारबाट २ अर्ब २१ करोड ५३ लाख ७० हजार रुपियाँमा किनबेच भएको छ।

यस साता कारोबार रकमका आधारमा १४ करोड ५५ लाख ९० हजार रुपियाँको कारोबार गर्दै सिद्धार्थ बैंक लिमिटेड पहिलो भएको छ। त्यस्तै ८ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ शेयर संख्याका आधारमा अगाडि छ भने अग्रस्थानमा रहेको छ भने कारोबार संख्याका आधारमा १ हजार ३ सय १४ वटा कारोबारबाट प्रभु बैंक अगाडि रहेको छ। यस साता करिब २ करोड कित्ता थप शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।

गत साता १५५ कम्पनीहरूको १९ हजार तीन सय ६० कारोबारबाट २ अर्ब २२ करोड ९७ लाख ५ हजार रुपियाँमा ६६ लाख ६७ हजार एक सय ३० कित्ता शेयरहरू खरिद बिक्री भएका थिए। यस साता ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १६ दशमलव २८ अंकले बढेर ३०० दशमलब ३५ अंकमा पुगेको छ। साताको अन्तिम दिन नेपाल धितोपत्र बोर्डले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। कम्पनीलाई सय रुपियाँ दरकोे १७ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस्