बेवकुफ महाशय ?



निकै अघि सिरहामा खुलेआम देश टुक्र्याउने भाषण दिएका सिके राउतलाई विहीबार धनुषाबाट प्रहरीले पक्राऊ गरेको धरहराबाट पनि देखियो । त्यो भन्दा अघि दोलखा पुगेका प्रधानमन्त्री पुकदाले बिखण्डनकारीलाई नछोड्ने बताएको पनि धरहराले देखेको थियो । तर, एउटा कुरा भने यसले बुझ्न सकेको छैन, त्यो के भने सिरहामा देश टुक्राउने भाषण दिने त्यो ठिटोलाई पक्रन किन यति साह्रो जोखाना हेर्नुपरेको होला हाम्रा महाशयहरुलाई ?

हुनत देश टुक्राउने मतियारलाई सघाएको आरोप लाग्न थालेपछि पनि गाह्रो भएको हुन सक्छ । त्यसैले हप्ता नाघेपछि महाशयहरुले कुरा बुझेका होलान् । रमाइलो त के भइरहेको छ भने तराईका अवाञ्छित माग पूरा गराउने सिलसिलामा विभिन्न गोटीहरु खेलिने गरेका छन् । एकथरी अलि नरम खालका र अर्काथरी कडा खालका । कडा खालकालाई देखाएर नरमपन्थीको माग पूरा गर्न लगाइन्छ , लगाइने गरेको छ । तर, हेर्ने निकायले फरक आँखाबाट हेर्ने गरेको पाइन्छ ।

आखिर दुवैथरी एउटै उदेश्यले चलिरहेको धरहराबाट देखिएको छ । उनीहरु खुब बेवकुफ बनाइयो भन्दै ‘चियर्स’ गरेको पनि कहिलेकाहि धरहराबाट देखिने गरेको छ । कहिले सम्म बेवकुफ बन्ने होला महाशयहरु ?

प्रतिक्रिया दिनुहोस्