सम्बन्ध विच्छेदको बदला ७ मिलियन डलर



हलिउड स्टार जोनी ड्याप र नायिका एम्बर हर्डबीच सम्बन्ध बिच्छेदको मुद्दा अब सकिएको छ। एक हलिउड अनलाइनका अनुसार एम्बर हर्डले २०१६ मै डिभोर्स पेपर फाइल गरेकी थिइन्।

तर केही दिनअघि भएको सुनुवाइमा न जोनी सहभागी थिए न एम्बर नै सहभागी थिए। त्यसपछि जर्जले सम्बन्ध बिच्छेदको कागजमा साइन गरेर सम्बन्ध बिच्छेदसम्बन्धी मुद्दा टुंगाइदिएका थिए।

खबरअनुसार सम्बन्ध बिच्छेदको बदलामा जोनी ड्यापले एम्बर हर्डलाई ७ मिलियन डलर दिनुपर्नेछ। हर्डका अनुसार उनी यो पैसा दुई अलगअलग च्यारिटी इन्स्टिच्युटहरूलाई डोनेट गर्नेछिन्। उनका वकिल पियर्स ओडोनेलका अनुसार उनको क्लाइन्टका लागि यो ठूलो दिन हो। ‘एम्बर जोनीसँग अलग हुन चाहन्थिन् र अलग पनि भइसकेकी छिन्’ –उनले भनेका छन्। जोनीले योभन्दा पहिलो दुई विवाह गरिसकेका थिए। उनको पहिलो पत्नी लोरी एनी एलिसन र दोस्रो वनेसा प्याराडी हुन्।

प्रतिक्रिया दिनुहोस्