पर्वतमा परियारलाई वन्स मोर



दुर्गाप्रसाद शर्मा, पर्वत

साँझ ढल्दै थियो तर माघको चिसो साँझमा पनि कुस्माबजार विस्तारै तात्दै थियो। चिसो साँझमा सुगम संगीतका पछिल्लो पुस्ताका हिट गायक शिव परियारले मञ्चमा उभिएर पिउँदिन भन्दाभन्दै पिलायो साथीले बोलको हिट गीत गाउन थालेपछि दर्शक झनै ताते र भन्न थाले वन्स मोर, वन्स मोर।

पाँचौं पर्वत महोत्सवका लागि बुधबार पर्वत आएका गायक परियारले महोत्वसको मञ्चमा आफ्नो पछिल्लो हिट गीत पिउँदिन भन्दाभन्दै पिलायो साथीले गाउँदा दर्शकको वन्स मोर वन्स मोरको ध्वनि गुन्जाएपछि फेरि दोहोर्यार त्यही गीत गाए।

पर्वतका दर्शक नाच्दैनन्, गीत सुनेर मात्रै बस्छन् भन्ने गुनासो अन्य कलाकारले दिनभर मञ्चबाट गरिरहेका बेला शिव परियार मञ्चमा चढेपछि दर्शक ननाची बस्नै सकेनन् नै मञ्चमा बसेका अतिथिसमेत नाच्न थाले। सुमधुर गजलदेखि छमछम नचाउने गीतहरूसम्म गाउन खप्पिस परियारले डेढ घण्टा लगातार मञ्च र हल तताए। सँगसँगै सबै सहभागीलाई नचाए पनि। उनले लगातार डेढ दर्जन गीत गाउँदा चिसो कुस्मा मज्जैले तात्यो।

कार्यक्रममा गायक परियारले लगातार गीत गाउँदै गीतबाटै सबैलाई बेहोस बनाउँदै होसमा ल्याउन सफल भए आफ्नो गीत बेहोसपछि होसमा आउँदा क्या दामी भोमार्फत्।

गायक परियारले त्यसपछि सेन्टिमेन्टल गीत गाउँदै दर्शकलाई अलिबेर भावुक मात्रै बनाएनन्, गीतसंगीतबाटै प्रेमको गाँठो कसिलो बनाउन आग्रह पनि गरे। उनले सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे बोलको गीत गाएर दर्शकलाई भावुक बनाए भने दिल जलेर आज खरानी भो अलिकति नजर तिम्रो गाएर मनोरञ्जन दिलाए। शुरूमा मन छुने भावुक गीत गाएका परियारले त्यसपछि भने सबैलाई नचाउने गीतहरू गाइदिए कन्सर्टको झल्को दिने गरी। उनले आफ्नो सर्वाधिक लोकप्रिय गीत बेहोसी पछि होसमा आउँदा क्या दामी भो गाउँदा पनि दर्शकले नाचेर मनोरञ्जन गरेका थिए। त्यसपछि भने उनले लगातार दर्शकलाई नचाउने आधा दर्जन भन्दा बढी गीत गाएका थिए। त्यस क्रममा मलाई जालैमा पार्यो फेसबुकले गीतमा पनि दर्शकको उत्तिकै साथ पाएका थिए। कार्यक्रममा परियारले रूपौली नानी, गालैको कोठी हेरे एकचोटि गाएपछि तामाङ सेलोमा रहेको रोशी खोलातिरमै गाउँदा उठबस गरेर दर्शक र अतिथि नाचेका थिए।

उनले पिउँदिन भन्दाभन्दै गाउने तयारी गरिरहेका बेला साउन्ड सिस्टमको कम्प्युटर ह्याङ हुँदा झन्डै १० मिनेट मञ्च सुनसान भयो। त्यस समयमा पनि उनले विनाट्रइक गाएर भए पनि दर्शकलाई बस्न दिएनन्। त्यसपछि परियारले बजारमा आउने तयारीमा रहेको गीत पाकेर खाको फल मीठो, काचोमा लाको माया राम्रो बोलको गीत पनि सुनाए। उनले यो गीत पनि हिट हुने विश्वास गरे

प्रतिक्रिया दिनुहोस्