डान्सिङ बिटमा चेक सर्ट



चितवनका सुवास जे खरेलले धमाकेदार डान्सिङ गीत बजारमा ल्याएका छन्।

नायिका वर्षा राउत र मोडल पुष्प खड्कालाई फिचरिङ गरिएको रातो चेक सर्ट बोलको गीत युट्युबमार्फत् सार्वजनिक गरिएको हो। गीतमा गायक सुवासलाई अहिलेकी गायिका मेलिना राईले साथ दिएकी छिन्। नाचौं, नाचौं लाग्ने यस गीतलाई आम नेपाली दर्शकले मन पराउने गायक खरेलले विश्वास व्यक्त गरे। गायक खरेलले यसअघि यु एन्ड मी बोलको गीत बजारमा ल्याएका थिए।

गीतमा गायक खरेलको स्वयं शब्द र संगीत रहेको छ। उदयराज पौडेलको एरेन्ज, गणेश चौधरीको रेकर्डिङ रहेको यस गीतको भिडियोको कोरियोग्राफर दीपेन्द्र शाही ठकुरी हुन्। भिडियोको निर्देशन हरि हुमागाईंले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्