खाली पेटमा लिची खाँदा मृत्यु



न्युयोर्क, (एजेन्सी) खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुन सक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ। अमेरिका र भारतका वैज्ञानिकहरूले सन् २०१४ मा भारतको विहारमा अनौठो रोगबाट बालबालिकाको मृत्यु भएको सम्बन्धमा गरेको अनुसन्धान रिपोर्ट मेडिकल जर्नल दि लेन्सेटमा प्रकाशित भएपछि सो कुराको खुलासा भएको हो।

लिचीमा हाइपोग्लिकिन नामको तत्त्व हुने र त्यसले ग्लुकोज बन्न नदिने भएकाले बालबालिकाको मृत्यु भएको वैज्ञानिकहरूको तर्क रहेको छ।

प्रतिक्रिया दिनुहोस्