वैवाहिक अंगीकृत सबै भारतीय



जिल्ला प्रशासन कार्यालय, बाँकेले पछिल्लो तीन महिनामा १ सय ८६ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको छ। प्रशासकीय अधिकृत पौडेलका अनुसार, वैवाहिक अंगीकृत नागरिकता लिने सबै भारतीय हुन्।

जिल्ला प्रशासन कार्यालय, नेपालगन्जबाट १ सय ६९, इलाका प्रशासन कार्यालय, नरैनापुरबाट ७ र इलाका प्रशासन कार्यालय, कोहलपुरबाट १० जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। प्रशासकीय अधिकृत पौडेलले कात्तिक, मंसिर र पुस महिनामा २ हजार ७ सय ९३ जनाले वंशजका आधारमा नागरिकता लिएको जानकारी दिनुभयो। जिल्लाबाट १ हजार ४ सय २७ जनाले यो अवधिमा नागरिकताको प्रतिलिपि लिएका छन्।

जिल्ला प्रशासन कार्यालय, बाँकेबाट २ हजार ५ सय ९२ जनाले राहदानी लिएका छन्। दु्रतसेवाबाट ६ सय ७२ जनालाई सिफारिस गरिएको छ। प्रमुख जिल्ला अधिकारी पन्थका अनुसार, अघिल्ला महिनाको तीनमहिने रिपोर्टमा दु्रतमार्गबाट राहदानी लिनेको संख्या बढी पनि अहिले साधारणको संख्या बढेको छ। ‘पहिला दु्रतसेवाबाट तीन महिनामा राहदानी आउँथ्यो, अहिले दुई हप्तामै आउँछ, त्यसले गर्दा साधारण तरिकाबाट राहदानी लिने बढेका हुन्’ –प्रजिअ पन्थले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्