जेसीस अछामको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न



बिष्णुप्रसाद भण्डारी, अछाम ।
जेसीस अछामको तेस्रो पदस्थापन समारोह तथा कदर पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । अछाम जेसीजका बर्ष २०१६ का अध्यक्ष जेसी प्रेम थापको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथी पूर्व उपप्रधान तथा रक्षामन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष भीम रावल रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै रावलले जेसीजले बोकेको अस्था राष्ट्रियता प्रति समर्पीत रहेको बताउनुभयो । जेसीजले आम नागरिकलाई राष्ट्रियता प्रति खबरदारी गर्नेमा उहाँले बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्व सभाषद शेरबहादुर कुँवर, जिल्ला न्याधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनी र नेपाल जेसीसका राष्ट्रिय उपाध्यक्ष राजु पौडेलको बिशेष उपस्थिती रहेको थियो ।

उद्घाटन सत्रको सञ्चालन अछाम जेसीजका बर्ष २०१६ का महासचिव ललित रैगाईले गर्नुभएको थियो । दोस्रो सत्र अछाम जेसीजका बर्ष २०१७ का अध्यक्ष टिकेन्द्र भण्डारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव छत्रप्रसाद धामालाले गर्नुभएको थियो । अछाम जेसीजका बिभिन्न क्रियाकलापमा सहयोग पु¥याउने र सामाजिक सेवामा राम्रो काम गरेका व्यक्तित्वहरुलाई कार्यक्र मार्फत कदर पत्र सहित सम्मान समेत गरिएको थियो ।

जस अन्तरगत अहोरात्र सेवामा खटेर स्वास्थ्य सेवाका माध्यमबाट सामाजिक सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै यस बर्ष बयलपाटा अस्पतालका डा. बिकास गौचनलाइ बिशेष सम्मान प्रादान गरिएको छ । यस्तै अन्य थुप्रै व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्