‘पिउँदिन भन्दा भन्दै’ वान्स मोर भनेपछि ……..



दुर्गाप्रसाद शमा, पर्वत ।

साँझ ढल्दै थियो तर माघको चिसो साँझमा पनि कुस्मा बजार बिस्तारै तात्दै गयो । चिसो साँझमा सुगम संगीतका पछिल्लो पुस्ताका हिट गायक शिब परियारले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ भन्दै मञ्चमा गाउँन थालेपछि दर्शकहरु झनै तात्न थाले र भन्न थाले ‘वान्स मोर’ ।

पाँचौ पर्वत महोत्सबमा बुधबार पर्वत आएका गायक परियारले आफ्नो सबैभन्दा हिट बनेको गीत ‘पिउँदीन भन्दा भन्दै पिलायो साथीले’ भन्ने गीत दर्शकहरुको वान्समोर वान्समोर भन्दै माग आएपछि दोस्रो पटक पनि गाए ।

पर्वतमा दर्शकहरु नाँच्दैन सुनेर मात्रै बस्छन भन्ने गुनासो दिनभर अन्य कलाकारले मञ्चबाट गरिरहेका हुन्छन तर जब शिब परियार मञ्चमा चढे त्यसपछि दर्शक त ननाँची बस्नै सकेनन नै मञ्चमा बसेका अतिथि पनि हल्लन थालिहाले । सुमधुर गजल देखि छमछम नचाउने गीतहरु गाउन खप्पीस परियारले डेढ घण्टा लगातार मञ्च र हल सबै तताए, सबैलाई नचाए पनि । उनले लगातार डेढ दर्जन गीत गाउँदा चिसो कुस्मा मज्जैले तात्यो ।

कार्यक्रममा गायक शिब परियारले लगातार गाउँदै सबैलाई बेहोस बना्उँदै होसमा ल्याउँदै गर्न सफल भए , आफ्नो गीत जस्तै ‘बेहोस पछि होसमा आउँदा क्या दामी भो….’ .मार्फत ।

गायक परियारले त्यसपछि सेन्टिमेन्टल गीत गाउँदै दर्शकलाई अलिबेर भावुक बनाएनन मात्रै प्रेमको गाँठो कसिलो बनाउन आग्रह पनि गरे । ‘सुन्छु तिमीले मलाई भुल्नै आटेकी छौ रे….’ बोलको गीत गाए भने ‘दिल जलेर आज खरानी भो’ अलिकति नजर तिम्रो…’ गीत गाए । सूरुमा मन छुने भावुक गीत गाएका परियारले त्यसपछि भने सबैलाई नचाउने गीतहरु गाए झण्डै कन्र्सटको झल्को दिने गरी ।

उनको सर्वाधिक लोकप्रिय गीत ‘बेहोसी पछि होसमा आउँदा क्या दामी भो’ गाएपछि सबै नाच्न थाले , यो गीत पछि उनले लगातार दर्शकलाई नचाउने आधा दर्जन भन्दा बढी गीत गाएका थिए । ‘मलाई जालैमा पा¥यो फेसबुकले..’ गीतमा पनि दर्शकको उत्तिकै साथ पाएका थिए । उनले ‘रुपौली नानी’ , ‘गालैको कोठी हेरे एक चोटी’ गाएपछि तामाङ्गसेलोमा रहेको ‘रोशीखोला तिरमै’ गाउँदा उठबस गरेर दर्शक र अतिथि नाँचेका थिए ।

उनले ‘पिउँदीन भन्दा भन्दै’ गाउँने तयारीमा रहेका बेला कम्प्युटर ह्याङ्ग हुँदा झण्डै १० मिनेट स्टेश सुनसान भयो । त्यसमा उनले बिना ट्रयाक गाएर भएपनि दर्शकलाई बस्न दिएनन । त्यसपछि परियारले बजारमा आउने तयारीमा गीत‘पाकेर खाको फल मिठो, काँचोमा लाँको माया राम्रो’ भन्ने गीत पनि सुनाए । आफ्नो यो गीत पनि हिट हुने बिश्वास उनको छ ।

प्रतिक्रिया दिनुहोस्