सरकारले नै बिखण्डकारीलाई प्रश्चय दिईरहेको छः भीम रावल



बिष्णुप्रसाद भण्डारी, अछाम ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले सरकारले नै बिखण्डनकारीलाई प्रश्चय दिइरहेको आरोप लगाउनुभएको छ ।

सिके राउत जस्ता बिखण्डनकारीले खुलेआम देश टुक्र्याउने अभिव्यक्ति दिई रहँदा पनि यो सरकार रमिते बनेको उहाँको आरोप छ ।

आज प्रेस चौतारी नेपाल जिल्ला समिती अछामले मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता रावलले खुलेआम हाम्रो राष्ट्रियता बिरोधी गतिविधि भैरहँदा समेत सरकारले नियन्त्रण गर्न नसक्नु सरकारको ठुलो कमजोरी भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्