नयाँ स्कोडा र्यापिड नेपालमा



काठमाडौं, (नेस)
नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजलेस्कोडा र्यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ। नयाँ क्रिस्टलाइन डिजाइन ल्याङवेजमा तयार गरिएको र्यापिडको पफर्मेन्स अझ पनि परिस्कृत रहेको छ। नेपालमा स्कोडा र्यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

६ वटा रङ (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड) मा उपलब्ध हुने नयाँ स्कोडा र्यापिड तीन भेरियन्टः एक्टिभ, एम्बिसन र स्टाइलमा नेपालभरिका स्कोडाका आधिकारिक शोरुमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

‘नयाँ स्कोडा र्यापिडले नेपाली सेडानप्रेमीको अपेक्षालाई पूर्ति गर्नेछ’, काठमाडौंमा आयोजित कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले भन्नुभयो–‘सेडान सेग्मेन्टमा हामी मार्केट लिडर हौं। नयाँ स्कोडा र्यापिडले गर्दा यो सेग्मेन्टमा हाम्रो लिडरसिपले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं।’

एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले भन्नुभयो–‘परिस्कृत पफर्मेन्स, इमोसनल डिजाइन, क्लास लिडिङ सुरक्षा व्यवस्था र सिम्प्ली क्लेभर सोलुसन नयाँ र्यापिडका विशेषता हुन्।’

नयाँ स्कोडा र्यापिड १५ सय सीसी टीडीआई डिजेल इन्जिन र १६ सय सीसी एमपीआई पेट्रोल इन्जिनमा उपलब्ध छन्। १५ सय सीसीको टीडीआईले ११० पीएस (८१ किलोवाट) को पावर र २५० एनएमको टर्क उत्पन्न गर्छ भने यसको माइलेज २१ किलोमिटर प्रतिलिटर रहेको छ। त्यसैगरी, एमपीआई इन्जिनले १०५ पीएस (७७ किलोवाट) पावर र १५३ एनएम टर्क उत्पन्न गर्छ।

यो कारको माइलेज १५ किलोमिटर प्रतिलिटर रहेको कम्पनीले जनाएको छ। नयाँ र्यापिडमा ४६० लिटरको बुट रहेको छ। साथै डोरमा बोत्तल होल्डर, सेन्टर आर्मरेस्टमा स्टोरेज कम्पार्टमेन्ट र कप होल्डरहरू रहेका छन्।यसको मूल्य ३४ लाख ९५ हजार र ३९ लाख ९५ हजार रुपियाँ रहेको कमपनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्