प्रचारको अभावमा पर्यटकीय क्षेत्र ओझेलमा



सिन्धुली, (नेस)।
सिन्धुलीमा संरक्षण र प्रचार प्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पर्यटकीय स्थल अझै पनि ओझेलमा पर्दै आएका छन् । जिल्लाका विभिन्न स्थानमा निर्मित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पर्यटकीय गन्तव्य ओझेलमा परेका हुन् ।

प्राचीन शैलीमा निर्मित यहाँका ऐतिहासिक स्थल सिन्धुलीगढी दरबार, हरिहरपुरगढी दरबार क्षेत्र, मधुगंगा महादेव मन्दिर, पञ्चकन्या मन्दिर, शिद्धबाबा मन्दिर, कुशेश्वर महादेव मन्दिर, कमलामाई मन्दिर, फिक्कल, लगाएतका दर्जनौ पर्यटकिय स्थलहरु अझै ओझेलमा पर्दा पर्यटकहरु त्यस क्षेत्रका बारेमा अझै पनि बेखर बन्दै आएका छन् ।

नेपाललाई जोगाउने विजय किल्ला ऐतिहासिक स्थल सिन्धुलीगढी दरबार, हरिहरपुरगढी दरबार क्षेत्रका वारेमा प्रचार प्रसार गर्न सकेको भए सिन्धुलीमा पर्यटन क्षेत्रको विकास हुने मात्र होइन्, यस क्षेत्र पर्यटकका लागि मुख्य गन्तव्यको रुपमा विकास हुने सरोकारवालाहरु बताउछन् । ऐतिहाँसिक सिन्धुलीगढीमा सुरक्षा नहुदा त्यहाँ रहेको तोप तथा एतिहाँसिक सामाग्रि राष्ट्रिय संग्राहलयमा पठाईएको छ भने भग्नावसेस गढी दरवारका काठ तथा ईटा चरिभई सेकेका छन् ।

२४ सय अंग्रेज फौजलाई हराएर नेपालको अस्तित्वा राखेको इतिहाँस भएको विजय किल्ला सिन्धुलीगढी र नाकवेली शैलिमा निर्माण भएको विपी राजमार्गका कारण बाहिरका पर्यटकहरु आउने गरे पनि एतिहाँसिक गढी दरबार पुगपछि भग्नावसेको भद्रगोल देखेर चित्त दुखाएर फर्किने गरेका छन् ।

जिल्लाका महाभारत क्षेत्रका सामुदायिक वन, जुनार उत्पादन क्षेत्र, स्थानीय विभिन्न समुदायको संस्कृति र लद्यु जलविद्युत् आयोजना लगायतले सिन्धुली जिल्ला पर्यटकलाई आकर्षण गर्ने स्थल भए पनि स्थानीयवासीको अग्रसरता र सम्बन्धित निकायएको वेवास्ताले प्रचारका अभावमा यो ओझेलमा पर्दै आएको छ ।

ऐतिहासिक महत्व बोकेका सम्पदासम्म पुग्न सडक सञ्जाल सामान्य रुपमा पुगेपनि नियमित सञ्चालन हुन नसक्नु, खानेपानीको अभाव, होटल तथा विद्युत्को उचित पहुँच नपुग्दा पनि पर्यटकीयस्थल झन ओझेलमा पर्दै गएका छन् । राज्यले पर्यटकिय स्थलहरुको विकास र पुनःनिमार्ण गर्न छुट्याएको वजेटको सदुपायेग नहुदाँ राजनितिक दलहरुलाई ऐतिहसिक स्थल तथा सम्पदा मागि खाने भाडोको रुपमा विकास भएको पाइन्छ ।

पौराणिक महत्व बोकेका सम्पदाहरु भग्नावेश अवस्थामा हुनु तथा संरक्षण गर्न नसक्दा ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् । जिल्लाका ग्रामीण क्षेत्रका मठमन्दिर, दरबारमा काठका झ्याल, ढोका, पर्खालमा प्राचीन कलात्मकताको झल्को पाइन्छ । तर, पर्यटकीय गन्तव्यका रुपमा रहेका त्यस्ता सम्पदाको संरक्षण हुन नसक्दा स्थानीयवासी भने चिन्तित बनेका छन् । सिन्धुलीगढीमा प्रयोग भएका दरबार सङ्ग्रालयमा हेर्ने लायकका वस्तु अझै जुटाउन सकिएको छैन् । यस्तै दरबार क्षेत्रमा सडकको पहँुच भए पनि त्यसलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय शिक्षक मेख बहादुर अधिकारीले बताउनुभयो ।

यातायात, विद्युत्, सञ्चार, होटल लगायतका पूर्वाधारलाई अझै सुविधा सम्पन्न ढङ्गले निर्माण गर्न खाँचो रहेको सरोकारवाला बताउँछन् । जिल्लाका अन्य मठ मन्दिरहरु महत्वपूर्ण सम्पदा भए पनि यसको प्रचार प्रसार हुन नसक्दा धार्मिक पर्यटकको आगमन फिलतो भएको छ । सिन्धुलीगढी दरबारमा प्रयोग भएका झ्याल, ढोका, थाम र हातले कुदेका कलात्मक मूर्तिहरु पनि चोरी भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्