बस नचल्दा स्थानियलाई सास्ति



डोटी, १८ माघ ।
जिल्लाको जोरायल क्षेत्रमा केही समय यतादेखि बस नचल्दा स्थानियलाई सास्ति भएको छ । डोटीको बुडरदेखि बाझिलेखसम्म सडकको स्तरोउन्नती गर्ने उद्देश्यले डबल कटिङ गरि बस सञ्चालन गरिए पनि सो सडकमा बस चलाउन उपयुक्त नभएको भन्दै यातायात व्यबसायी समितीले बस चलाउन नमान्दा स्थानीयलाई समस्या भएको हो ।

सडक स्तरोउन्नती गर्ने जिम्मा पाएका ठेकेदारले सडकका छेउमा तथा मोडमा हालिएका वाल तथा जाली भरिएका ढुंगाहरु काम नलाग्ने तथा जतिबेलापनि भत्किने अवस्थाका बनाएका कारण गाडी दुर्घटना हुन सक्ने भएकाले आफुहरुले बस सञ्चालन नगरेको सुदूरपश्चिम बसब्यबसायी समितीले जनाएको छ । उता दिपायल स्थित सडक डिभिजन कार्यालयले केही ठाउमा अलि कमसल खाले सडक भएकाले त्यसलाई पुन सुधार गर्नका लागि ठेकेदारलाई पत्राचार गरेको जनाएको छ ।

जोरायल क्षेत्रमा बस नचल्दा स्थानियबासी करिब करिब एक दिनभरीको पैदल यात्रागरी गाडीका लागि बुडर बजार सम्म पुग्न बाध्य भएको जोरायलका स्थानिय डम्बर साँउदले बताउनु भयो । उहाँले भन्नु भयो ‘पहिला सिंगल कटिमा घरैमा बस पुग्थ्यो,अहिले त डबल कटिङ भएरपनि ४/५ घण्टा हिड्नु पर्ने बाध्य बनाए के गर्ने हामीले ।’ जोरायल क्षेत्रमा गाडी नचल्दा स्थानियले फलाएका सागतरकारी समेत बजार सम्म पुग्न नपदाउदा बारीमा सड्न थालेको स्थानिय किसानहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्