को राष्ट्रवादी ?



केपी ओली नेपालका अहिले चर्चित पात्रका रूपमा चिनिएका राष्ट्रवादी पात्र हुन्। धरहरा पनि यसमा सहमत छ। उनको अडानलाई लिएर पटक–पटक विवाद भइरहेको छ। कोही भन्छन्– ‘उनी राष्ट्रवादी नेता होइनन्। उनले दिने अभिव्यक्ति सबै गफ मात्रै हुन्।

के हो ओलीको अडान धरहराले पनि बुझ्न सकेको छैन। भारतसँग टक्कर लिएर उनले व्यक्त गरेको भनाइलाई कतिपयले मजाकको रूपमा लिएका छन्। के हुन् ओली, धरहराले लामो समयदेखि खोजी गर्दै आएको छ। राष्ट्रवादी भन्नेहरूले ओलीको समर्थन गर्ने गरेको देखिएको छ तर उनलाई भारतीय पक्षधर भन्नेहरू पनि धरहराले देखेको छ। नेपाली राजनीतिमा के–के देख्नुपरेको हो धरहराले बुझ्नसकेको छैन। यो राजनीति भनेको के हो बुझ्न नसकेपछि धरहरा अन्यौलमा परेको छ। बलभद्र कुँवर राष्ट्रवादी कि केपी ओली राष्ट्रवादी यो चाहिँ पाठकले नै छुट्याउनुहोला।

प्रतिक्रिया दिनुहोस्