नेपाल समाचारपत्रकर्मी सम्मानित



भद्रपुर, (नेस)
भद्रपुर जेसीजको ४१औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा एक पत्रकारलाई पुरस्कृत गरिएको छ।

सञ्चार क्षेत्रमा उल्लेख्य योगदान पुर्याएबापत भद्रपुर जेसिजले स्थापना गरेको देवीमाया–लक्ष्मी–रुकमिणा स्मृति पत्रकार पुरस्कारबाट नेपाल समाचारपत्र भद्रपुर समाचारदाता पत्रकार उत्तम नेपाललाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो। नेपाललाई नेता कृष्णप्रसाद सिटौला र देवीमाया परोपकार अक्षयकोषका संरक्षक रमेश पोखरेलले संयुक्तरूपमा सम्मान गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्