गैर पत्रकारलाई सदस्यता दिएको भन्दै तालाबन्दी



बिष्णुप्रसाद भण्डारी, अछाम
गैरपत्रकारहरुलाई सदस्यता दिईएको र पत्रकारीतामा नरहेकाहरुको सदस्यता नविकरण गरिएको भन्दै अछामका क्रियाशिल पत्रकारहरुले नेपाल पत्रकार महासंघ अछाम शाखाको कार्यालयमा ताला लगाएका छन् ।

सदस्यता सुद्धिकरणको माग गर्दै जिल्लाका क्रियाशिल पत्रकारहरुले महासंघको कार्यालयमा ताला लगाएका हुन् । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको नेतृत्वमा जिल्ला स्थित अशन्तुष्ट पत्रकारहरुद्धारा महासंको कार्यालयमा तालाबन्दी गरिएको हो । तत्काल सदस्यता सुद्धिकरण नभए आफुहरु थप कडा आन्दोलन गर्न बाध्य हुने प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले जनाएको छ ।

नेपाल पत्रकार महासंघ अछाम शाखाको हालको नेतृत्वले महासंघकको बिधान बिपरित सदस्यता वितरण र नविकरण गर्न खोजेको भन्दै आफुहरु आन्दोलित भएको प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ अछाम शाखाका सचिव शिवराज ढंगानका अनुसार आफुलाई समेत जानकारी नगराई, महासंघको जिल्ला शाखामा कुनै निर्णय नगरि महासंघ केन्द्रबाटै गैर पत्रकारहरुको नविकरण र नयाँ सदस्यता वितरण भएको भन्ने सुन्नमा आएको बताउनुभयो । आफु पनि सदस्यता सुद्धिकरणको पक्षमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्