बाल्टिनमा पिसाब गराउनेलाई जरिवाना



लसएन्जलस, (एजेन्सी)
अमेरिकाको एउटा स्कुललाई त्यहाँको अदालतले एक जना जना छात्रालाई बाल्टिनमा पिसाब फेर्न बाध्य पारेकोमा १२ लाख ५० हजार डलर क्षतिपूर्ति दिन आदेश दिएको छ।

क्यालोफोर्नियास्थित एउटा स्कुलमा सन् २०१२ मा भएको उक्त घटनालाई लिएर सुपेरियर कोर्टको न्यायिकमण्डलले स्कुललाई क्षतिपूर्ति दिन आदेश दिएको हो। पूर्वछात्राले अदालतमा आफू उक्त घटनाबाट डिप्रेसनमा गएको र आत्महत्या गर्ने जस्ता विचार आउने गरेको बताइन्।

हाइस्कुल छात्रा अहिले १९ वर्ष पुगेकी प्याट्रिक हेनरीले आफूले बाथरुम जानका लागि अनुमति मागेको तर शिक्षिका गोन्जा वुल्फले अस्वीकार गरेको बयान दिएकी छिन्। शिक्षिकाले आफ्नो कक्षामा बाथरुम ब्रेक अनुमति नभएको बताएकी थिइन्। शिक्षिकाले हेनरीलाई सँगैको कोठामा गएर त्यहाँको बाल्टिनमा पिसाब फेर्न सक्ने र त्यसलाई पछि सिन्कमा हाल्न सक्ने बताएकी थिइन्। पिसाबले च्यापेकी छात्राले शिक्षिकाको निर्देशन पालना गरेकी थिइन्।

पूर्वछात्राले स्कुलमाथि शुरूमा २५ हजार डलर दाबी गरेका थिए। तर तल्लो अदालतले यसलाई खारेज गरेको थियो। स्कुलले अध्यापकको उद्देश्य कहिल्यै पनि छात्राको बइज्जत गर्नु नभएको बताए। यद्यपि विद्यालय प्रशासनले छात्रा र उनकी आमासँग माफी मागेको छ र शिक्षकहरूलाई बाथरुम जान दिन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्