कर्मचारीलाई कोठामा थुनी कुट्ने सांसद शेर्पाको केस प्रहरी कार्यालयमा मिलाईयो



रविन भट्टराई ताप्लेजुङ, १६, माघ ।
तथ्याङक संकलनका लागि ताप्लेजुङको खेजेनिम गाविस पुगेका पशुसेवा कार्यालयका कर्मचारी र संसद बिचको कुटपिटको विवाद जिल्ला प्रहरी कार्यालयमा शनिवार राति मिलाईएको छ ।

गाविसको तथ्याङ्क संकलनका लागि खटिएका पशुसेवा कार्यालयका कर्मचारी भिम घिमिरेलाई सांसद वाङ्दि शेर्पाले कोठामा थुनि कुटपिट गरेको भन्ने घटना जिल्ला प्रहरी कार्यालयमा मिलाईएको हो ।

शुक्रबार खेजेनिम गाविस पुगेका कर्मचारी घिमिरेले संसद शेर्पाको घरमा तथ्याङ्क संकलन गर्न पुग्दा परीचय पत्र माग्दै आफुलाई नियन्त्रणमा लिई कोटामा थुनेर कुटपिट गरेको कर्मचारी घिमिरेले बताएका छन् ।

आफुसँग परीचय पत्र नभएको बताउँदा यस्तो पनि कर्मचारी हुन्छ भन्दै कुटपिट गरेको र आफुले टेलिफोन गरी प्रहरी र सामाजिक परीचालकलाई जानकारी गराए पछि मात्र छाडेको पिडित घिमिरेले बताएका छन् ।

यता कुटपिटको आरोप लागेका संसद शेर्पाले आफुले घिमिरेलाई परिचय पत्र नबोकि किन हिडेको यसरी नहीड्नु भनि जोगाउन खोजे पनि आफुलाई आरोप मात्र लगाएको प्रतिकृया दिएका छन् ।

संसद शेर्पा र कर्मचारी घिमिरेलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर दुबैलाई सहमति गराई मिलाईएको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताए ।

कर्मचारीले पनि परीचय पत्र नबोकेको र संसदले पनि कर्मचारीलाई बुझाउने हुँदा धकेलको हुन सक्ने भएकाले दुबैको सहमतिमा घटनालाई मिलाईएको प्रमुख जिल्ला अधिकारी खड्काको भनाई छ । उहाँहरु दुबैजना विच सहमति भयो र हामि छलफलबाट निस्कियौ प्रजिअ खड्काले भने ।

घटनालाई मिलाउन आधिकारीक कर्मचारी ट्रेडयुनियनका जिल्ला अध्यक्ष रामचन्द्र दाहाल सहित प्रमुख जिल्ला अधिकारी साँझ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । स्थानियले भने कर्मचारीलाई दुई/तीन घण्टा नियन्त्रणमा लिई संसदले कुटपिटनै गरेको बताएका छन् । शेर्पा एमाओवादिका समानुपानीक संसद हुन् । उनि आफ्नै घर खेजेनिममा केहि दिन देखि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्