पूर्व फार्क लडाकूको सुपुर्दगी हुने



म्याड्रिड, (एजेन्सी)
स्पेनले शनिबार कोलम्बियालाई एक जना पूर्वफार्क लडाकू सुपुर्दगी गर्ने निर्णय गरेको छ। स्पेनी नागरिकता बोकेकी हेक्टोर आर्वोलेदा अल्वेइदिस बुइट्रागो नामक ती लडाकूमाथि फार्कका ३ सय जना महिला लडाकूको जबर्जस्ती गर्भपतन गराएको अभियोग लगाइएको छ।

त्यसरी गर्भ पतन गराइकामध्ये केही नाबालिगसमेत रहेको बताइएको छ। बुइट्रागोलाई सन् २०१५ को डिसेम्बरमा स्पेनको राजधानी म्याड्रिडमा गिरफ्तार गरिएको थियो। उनले अब कोलोम्बियामा हत्या, हत्या प्रयास र बिनासहमति गर्भपतन जस्ता अभियोगमा मुद्दा खेप्नुपर्ने भएको छ। बिना कुनै चिकित्सकीय तालिम उनले पुरुष नर्सको काम गर्दै आएको कोलम्बियाली वकिलहरूले बताएका छन्।

स्पेनी सरकारले शुक्रबार कोलम्बियाली न्यायमन्त्रीको अनुरोधअनुसार उनलाई राजधानी बोगोटास्थित एउटा अदालतमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो। सन् २०१६ को नोभेम्बरमा कोलोम्वियाली सरकार र फार्क लडाकूबीच दोस्रो शान्ति सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस्