टप मोडलद्वारा आफू इन्टरसेक्स भएको खुलासा



न्युयोर्क, (एजेन्सी)
टप फेसन मोडल हान्ने ग्यावी ओडिलेले आफ्नो लिंग नछुटिएको रहस्योद्घाटन गर्दै आफ्नो स्विकारोक्तिले यस विषयमा परम्परादेखि रहने गरिएको असहज गोपनीयता हट्ने विचार व्यक्त गरेकी छिन्। २९ वर्षया ओडिले अविकसित अण्डकोषसहित जन्मेकी थिइन्।

त्यसबाट क्यान्सर हुन सक्ने भन्दै डाक्टरहरूले उनी १० वर्षकी छँदा अण्डकोष काटेर फालेका थिए। इन्टरसेक्स मानिस महिला तथा पुरुष दुवैका गुण लिएर जन्मने गर्दछन्। संयुक्त राष्ट्र संघका अनुसार विश्वको कुल जनसंख्याको १ दशमलव ७ प्रतिशतमा यो समस्या रहेको छ।

बेल्जियम मूलका ओडिलेलाई जन्म“दै एन्ड्रोजन इनसेन्सिटिभिटी सिन्ड्रोम ( एआईएस) भएको थियो। जसको कारण केटीहरूमा पनि केटाहरूमा हुने एक्सवाई क्रोमोजोम पाइन्छ। उनी भन्छिन्– ‘शल्यक्रियापछि अब मेरो बच्चा हुन सक्दैन भन्ने मैले बुझें। मेरो महिनावारी पनि भइरहेको थिएन। केही त अवश्य पनि गडबडी छ भन्ने लाग्यो।’ १८ वर्षको उमेरमा योनीको पूर्ण निर्माणका लागि उनको फेरि शल्यक्रिया गरिएको थियो। यसरी जीवनमा अनावश्यक लामो झन्झट बोक्नुपरेकाले उनले आफ्नो समस्याबारे स्पष्ट बोलेको बताएकी छिन्। उनको विचारमा इन्टरसेक्स बन्नु कुनै ठूलो कुरा होइन।

पेसाले मोडल नै ओडिलेका पति जोहन स्विाआटेकले आफ्नी पत्नीले वास्तविकता पोखेकामा आफूलाई ठूलो गर्व लागेको यूएसए टुडेलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्