आज शहीद दिवस



नेपाल समाचारपत्र
काठमाडौं ।
आज देशभरि शहीद दिवस मनाइँदै छ। विसं १९९७ सालको माघ महिनामा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले दशरथ चन्द र गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको थियो।

बैतडीमा जन्मिनुभएका चन्द र रामेछापको भगेरीमा जन्मिनुभएका श्रेष्ठ राणा शासन विरोधी आन्दोलनमा लागेका कारण उहाँहरू दुवैलाई शोभाभगवतीमा लगेर एकअर्काले देख्ने गरी गोली हानी मृत्युदण्ड दिइएको थियो।

राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा प्रशिक्षित गरेको आरोपमा विस १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय तत्कालीन प्रधानमन्त्रीले गरेका थिए।

त्यसपछि माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकु पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। अहिले पार्टीपिच्छेका जथाभावी शहीद घोषणा गरिएकाले त्यतिबेलाका शहीदहरू भने छाया“मा पर्ने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्