रसुवाको पर्यटकिय क्षेत्र खाम्जिङमा पहिलो चोटी सडक पुग्यो



रसुवा, १५ माघ । रसुवाको पर्यटकिय क्षेत्र खाम्जिङमा पहिलो चोटी सडक पुगेको छ । स्थानीय वासीको ३२ लाख सहित ५१ लाखको लागतमा रोङ्गा–खाम्जिङ कृषि सडक निमार्ण गरिएको हो ।

स्थानीयवासीको ३२ लाख संसद विकास कोषको १५ लाख र गाविस तथा जिवसको ४ लाख गरी ५१ लाखको लागतमा ६ किलोमिटर सडक निमार्ण गरिएको बृद्धिम–५ खाम्जिङका मिङमर तामाङले वताउनुभयो ।

निमार्ण भएको रोङ्गा–खाम्जिङ कृषि सडकबाट पर्यटकिय क्षेत्र लाङटाङ जाने पदयात्रीका लागि समेत सहज हुने जिल्ला विकास समिति रसुवाले जनाएको छ ।

सडक सञ्चालनमा आएसँगै आज पहिलो पटक गोसाइकुण्ड यातायात व्यवसायी समितिको सुमो पुगेपछि स्थानीयले खादा लगाएर चालकलाई स्वागत गरेका छन् ।

यसअघि सडकको अभावमा खाम्जिङवासीलाई आवतजावत गर्न, दैनिक उपभोग्य वस्तु तथा निमार्ण सामाग्री आयात गर्न समस्या परेको थियो । गाँउमा सडकको पहुँच पुगेसँगै भुकम्पले भत्किएका घर पुर्ननिमार्णका लागि निमार्णका सामाग्री ढुवानी गर्न, गाँउमा उत्पादन भएका अर्गानिक कृषिजन्य उपज वजारसम्म पु¥याउन सहज हुने भएपछि स्थानीय हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्