सौन्दर्य मेला शुरू



काठमाडौं, (नेस)
सौन्दर्य कला व्यवसायी संघ र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा दोस्रो उद्यमी सौन्दर्य मेला काठमाडौंको त्रिपुरेश्वरस्थिथ वर्ड ट्रेड सेन्टरमा शुरू भएको छ।

७० वटा स्टल रहेको उक्त मेलामा स्वदेश उत्पादनका साथै अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्यका वस्तु रहेका छन्। तीन दिनसम्म चल्ने मेला माघ १६ गते सम्पन्न हुनेछ। वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्ययले मेला उद्घाटन गर्दै सौन्दर्य कला व्यवसायमा अवसर चुनौती दुवै रहेकाले यसको प्रवद्र्धन र विकासका लागि सबैको सहयोग जरुरी रहेको बताउनुभयो। उहाँले स्वस्थ सौन्दर्य अहिलेको आवश्यकता भएकाले सौन्दर्य उद्यमीलाई गुणस्तरीय वस्तु तथा सेवाको प्रयोग गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी समितिका सदस्य कमला श्रेष्ठले सौन्दर्य कला व्यवसायको वर्तमान अवस्था यसले दिएका रोजगारी कला, सीप, यसको नेटवर्कको बारेमा प्रकाश पार्नु भएको थियो। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका सदस्यद्वय उमेशलाल श्रेष्ठ, शंकर पाण्डे र वाणिज्य मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवालीलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए। मेलामा ५ वटै विकास क्षेत्रका सौन्दर्य उद्योमीको सहभागिता रहेको थियो। वार्षिक ४ अर्ब रुपियाँबराबरका सौन्दर्य सामग्रीको खपत भएको समेत सो अवसरमा जानकारी गराइयो।

प्रतिक्रिया दिनुहोस्