भ्यानको ठक्करबाट बालकको मृत्यु



उदयपुर १४ माघ ।
सगरमाथा राजमार्ग अन्तरगत कदमाहा गाईघाट सडक खण्डमा पर्ने उदयपुरको त्रियुगा नपा ११ लालपत्ता चोकमा बिहिबार दिउसो भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

स१च९९५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भिर घाईते बनेका त्रियुगा नगरपालिका ११ लालपत्ताका ११ बर्षिक आयुष कार्कीको मृत्यु भएको हो ।

कार्कीलाई उपचारकालागि बिराटनगर तर्फ लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उदयपुरका प्रमुख प्रहरी उपरिक्षक नरबहादुर केसीले बताउनु भयो। ठक्कर दिने भ्यान र चालक पहरी नियन्त्रणमा रहेको उपरिक्षक केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्