मीराले जितिन् : साहसी वर्ष व्यक्ति



Rai trains around Chamonix before winning the Mont-Blanc 80KM in 2015.

काठमाडौँ, १४ माघ । नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् ।

नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ । उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई पछि पार्दै धावक राई साहसी व्यक्ति हुन सफल हुनुभएको हो ।

विश्वप्रसिद्ध टेलिभिजनले अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ । नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उहाँलाई छनोट गरिएको थियो ।


भोजपुरमा जन्मनुभएका २९ वर्षीय राई निरन्तर अल्ट्रा धावकका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी हुँदै आउनुभएको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा होमिनुभएकी राई शान्ति सम्झौतापछि वैदेशिक रोजगारीमा जानुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्