१० युरोपका मूल्यवान् फुटबलर



ज्युरिच, (एजेन्सी)
केही समयअघि युरोपको मूल्यवान् फुटबलरको सूची सार्वजनिक गरिएको थियो । जसमा स्पेनिस फुटबल क्लब बार्सिलोनाका ब्राजिलियन खेलाडी नेयमार २ सय ४६.८ मिलियन युरो अर्थात् २ हजार ८ सय ४९.६ नेपाली रुपियाँ बराबरको मूल्यसहित युरोपको मूल्यवान् फुटबलर बनेका छन् । उक्त सूचीमा बार्सिलानाकै लियोनल मेसी १ हजार ९ सय ६९.६ करोड रुपियाँ बराबरको सम्पत्तिसहित दोस्रो स्थानमा रहे ।

स्विजरल्यान्डको सीआईईएस फुटबल अब्जरभेटरीको अनुसन्धान टोलीले सन् २०१० पछिका १५ सय खेलाडीको स्थानान्तरण अनुबन्धन रकमको अध्ययन गरेका थिए । उक्त अनुसन्धानअनुसार, उत्कृष्ट १ सयभित्र सम्मिलित उत्कृष्ट १० खेलाडीको मूल्य करिब १ सय ५० मिलियन युरो (लगभग १७ हजार २ सय करोड नेपाली रुपियाँ) भन्दा अधिक रहेको छ ।

क्रिस्टियानो रोनाल्डोले चौथोपटक फिफा वर्ष खेलाडी र बेलोन डे ओर अवार्ड जितेर पनि नेयमारको आम्दानीमा कुनै प्रभाव परेन । अनुसन्धानमा खेलाडीहरूको प्रदर्शन, उमेर, टिम पोजिसन, करार अवधिका साथै खेलाडीको क्लब, राष्ट्रिय टिममा गरेको प्रदर्शन र नतिजालाई पनि आधार बनाइएको थियो । उक्त अनुसन्धान टोलीले यी सबै विषयको विश्लेषण पश्चात् युरोपको उत्कृष्ट १ सय मूल्यवान् खेलाडीको सूची तयार पारेको हो ।

उक्त सूचीको शीर्ष १० भित्र जसमध्ये सर्वाधिक पाँच खेलाडी स्पेनिस ला लिगामा आबद्ध रहेका छन् । यस्तै ४ खेलाडी इंग्लिस प्रिमियर लिग तथा एक खेलाडी इटालियन सिरी ए क्लब युभेन्टस्का छन् । नेयमारले आफ्नो स्पेनिस क्लबको साथी लियोनल मेसी र रियल मेड्रिडका क्रिस्टियानो रोनाल्डो जस्ता जल्दाबल्दा खेलाडीलाई पछि पारेका छन् । फ्रेन्च खेलाडीद्वय पाउल पोग्बा र एन्टोनी ग्रिजम्यानले क्रमशः तेस्रो र चौथो स्थान कब्जा गरे ।

तेस्रो स्थानका पाउल पोग्बाको कुल मूल्य १ हजार ७ सय (९३.६ करोड नेपाली रुपियाँ) रहेको छ । यस्तै गत जुनमा सम्पन्न युरोकपमा आयोजक फ्रान्सलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण योगदान गरेका एन्टोनियो ग्रिजम्यानको मूल्य १ हजार ७ सय (३२.८ करोड रुपियाँ) रहेको छ । बार्सिलोनाका उरुग्वेली स्ट्राइकर लुइस स्वारेज भने उक्त सूचीको पाँचौं स्थानमा छन् । लुइस स्वारेजको मूल्य १ हजार ६ सय (६७.२ करोड रुपियाँ) रहेको छ ।

यस्तै छैठो स्थानमा रहेका इंग्लिस प्रिमियर क्लब टोटेनह्याम हट्सपोरका हेरी केनको मूल्य १ हजार ६ सय (१.६ करोड रुपियाँ) रहेको छ । सातौं स्थान ओगटेका रियल मेड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको मूल्य १ हजार ४ सय (५७.६ करोड रुपियाँ) बराबर रहेको छ । इटालियन सिरी ए क्लब युभेन्टस्का पाउलो डाएबला १ हजार ३ सय (१२ करोड रुपियाँ) मूल्यसहित आठौं स्थानमा रहेका छन् । उक्त सूचीको नवौं र दसौं स्थानमा भने इंग्लिस प्रिमियर लिग क्लब टोटेह्यामका डेले अली र चेल्सीका इडेन हजार्डले ओगटेका छन् । डेले अलीको मूल्य १ हजार २ सय (८० करोड रुपियाँ) तथा इडेन हजार्डको १ हजार १ सय (६८ करोड रुपियाँ) मूल्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्