अष्ट्रेलियन ओपनमा दिदी–बहिनीको दादागिरी



 

अष्ट्रेलियन ओपनमा दिदी–बहिनीको दादागिरी

मेलबर्न, अष्ट्रलिया । यहाँ भइरहेको अष्ट्रेलियन ओपनको महिलातर्पmको खेलमा अमेरिकी टेनिस स्टारदिदी–बहिनीहरु भेनस विलियम्स र सेरेना विलियम्सको दादागिरी कायमै छ । यही दादागिरी देखाउँदै दिदी भेनस विलियम्सले आज बिहीबार बिहान भएको सेमिफाइनल खेलमा आप्mनै राष्ट्र अमेरिकाकी को को भेण्डेज्लाई ६–७, ६–२ र ६–३ मा पराजित गरी फाइनलमा प्रवेश गरेकी छिन् ।

विश्ववरियता क्रममा हाल १७औं नम्बरमा रहेकी भेनस ११ हप्तासम्म विश्वका १ नम्बर खेलाडी बनिसकेकी छिन् । उनी पहिलोपल्ट २५ फेब्रुअरी २००२ मा विश्वका १ नम्बर खेलाडी घोषित भएकी थिइन् । चार पटक ओलम्पिक स्वर्ण पदक जितिसकेकी भेनसलाई आज आप्mनै देशकी प्रतिद्धन्द्धी को कोलाई हराउन तीन सेटसम्म संघर्ष गर्नु परेकी थिइन् ।

सिंगल, महिला डबल्स र मिक्स डबल्स गरी २३ वटा ग्राण्ड स्लाम जितिसकेकी ३६ वर्षीया भेनसको फाइनलमा आप्mनै बहिनी सेरेना विलियम्ससंग मुकाबिला हुने बलियो सम्भावना छ । उनकी बहिनी सेरेना पनि सेमिफाइनल पुगिसकेकी छिन् । यदि बहिनी सेरेनाले सेमिफाइनल जितेर आइन् भने उनको ग्राण्ड स्लाम फाइनलमा बहिनीसंगको यो नवौं भीडन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्