अखण्ड नेपाल टुक्र्याउने प्रयास



दीर्घराज प्रसाई

बितेको दश वर्षदेखि एकीकृत नेपाललाई टुक्र्याउने तत्वहरू अझै सक्रिय छन् । २०६२ साल मंसिरमा दिल्लीमा १२ बुँदे सहमति गरेका बेलादेखि नेपाल अस्थिर बनाइएको छ । कांग्रेस, कम्युनिस्ट मोर्चा, राजासमेतको सहमतिमा बनेको २०४७ सालको संविधान आफैं परिस्कृत थियो तर संविधान खारेज गरेर संविधानसभाबाट अर्को नयाँ संविधान बनाउन आन्दोलन गराइयो । अर्बौं राष्ट्रको सम्पत्ति बगाएर संविधानसभाबाट बल्ल २०७२ साल असोज ३ गते नयाँ संविधान घोषणा गरियो ।

संविधानसभाबाट संविधान घोषणा भए पनि त्यसको समर्थन छैन । कांग्रेस, एमाले, माओवादीहरू भन्छन्– ९० प्रतिशत सांसदहरूको समर्थनमा पारित भएको संविधान सर्वसम्मतिको दस्ताबेज हो । तर संविधानसभाका सभासद् भनेका तिनै कांग्रेस, एमाले, माओवादी पार्टीका अरौटे–भरौटेहरू मात्र हुन् । त्यस्ता सभासद्बाट नेपाली जनताको भावनाको प्रतिनिधित्व भएको मान्न सकिँदैन । नयाँ संविधान घोषणा गरिसकेपछि धर्मनिरपेक्ष, गणतन्त्र, संघीयताको भासमा नेपाललाई जबर्जस्ती फसाउन खोजिएको छ ।

यहा“का कमजोर शासकहरूलाई उचालेर परचक्रीहरूले अनेकौं षड्षन्त्र गर्दै आए पनि नेपालले आफ्नो सार्वभौम अस्तित्व जोगाएर राखेको नै थियो । नेपालको एकीकरणपछि पनि यस क्षेत्रमा अनेकौं षड्यन्त्र भए । रणबहादुर शाहको हत्या आफ्नै भाइबाट गराइयो । रणबहादुर शाहपछि अंग्रेजहरूले बालक राजा गीर्वाणयुद्ध विक्रम शाहको कालमा अनेकौं षड्यन्त्रका साथ देशभक्त योद्धा बहादुर शाहको हत्या गराए । त्यसपछि राजेन्द्र विक्रम शाहलाई फसाएर अनेकौं चलखेल गर्न पुगेका थिए । यी सबै कुराको रिस पृथ्वीनारायण शाहले क्रिश्चियन धर्म प्रचारक केपुचिन पादरीलाई देश निकाला गरेपछिको थियो ।

अंग्रेजसँगको युद्धपछिको सुगौली सन्धीमा राजाबाटै स्वीकृति भएको प्रोपोगन्डा फिँजाएर नेपालको एकतिहाइ भूभाग खोस्ने काम भयो । सन् १८१५–१६ मा ‘अंग्रेजसँग युद्ध हुँदा ढिकुटीमा पैसा समाप्त भएको छ, फौजको बढाएको वेतन घटाउने, अस्थायी सेना हटाउने’ भन्ने राजाबाटै टु“डिखेलमा घोषणा गराउनुपर्छ अनि आक्रोशित फौजले राजालाई आक्रमण गर्नेछन् भन्ने षड्यन्त्रको तान बुनेर टुँडिखेलमा फौजहरू सामेल गर्ने उर्दी गराएर राजालाई बोल्न लगाइयो ।

टुँडिखेलमा उपस्थित फौजहरूले हातहतियार फालेर विद्रोह मच्चाए । त्यस्तो बेलामा फौजलाई सम्झाउन कोही पनि अगाडि सरेनन् । आखिरीमा राजा राजेन्द्रले भोलिपल्ट जुन २२ मा फौजहरूको मागअनुसार काम गर्ने र फौजका अन्य समस्याको पनि निराकरण गर्ने कुराको आश्वासन दिएपछि फौजहरू शान्त भएर फर्केका थिए ।

यतिले पनि चित्त नबुझेपछि वि.सं. १९०३ असोजमा हत्याको षड्यन्त्र रची जंगबहादुरलाई अगाडि सारेर कैयौं राष्ट्रवादी सपुतहरू मार्ने काम गराइयो । सारा अधिकार राजाबाट खोसेर राजा अधिकारविहीन बनाइए । २००७ साल कार्तिकमा राणाहरूलाई थाहा नै नदिई राजा त्रिभुवन दिल्ली पुगेपछि जहानिया राणा शासन छताछुल्ल भयो ।
२००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि पनि षड्यन्त्र भइरह्यो । सन् १९५० को असमान सन्धी र दिल्ली सम्झौता गराइयो । दिल्ली सम्झौताबाट नेपालको सार्वभौमसत्तामाथि नै विवाद उठेकाले राजा र जनताको संयुक्त प्रयासमा राजा त्रिभुवनबाट २०१० साल माघ ७ गते बिरामी अवस्थामा सन् १९५० को दिल्ली सम्झौताका राष्ट्रघाती बु“दाहरू खारेजीको घोषणा गरियो । राजा त्रिभुवनबाट उस बेला घोषणा नगरेको भए नेपालको अवस्था भूटानभन्दा तलको भइसक्थ्यो ।

यस हिसाबले संकटको बेला नेपालको राजसंस्था नेपालकोे विकल्प शक्ति मानिन्छ । यसरी २०१५ सालको आमनिर्वाचनपछि नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वमा सरकार गठन भए तापनि नेपालमा प्रजातन्त्र स्थापनामा नेपाली कांग्रेसका बीपी कोइराला, मात्रृकाप्रसाद कोइरालाहरूबाट नेहरूलगायत भारतीय नेताहरूसँग राम्रो सम्पर्क भएको नाताले भारतले नेपाललाई आफ्नो प्रभावक्षेत्रको रुपमा सोच्न थालेको थियो । भारतीय हस्तक्षेप भित्रभित्रै बढ्न थालेको थियो ।

नेपाल अधिराज्यको सार्वभौमसत्तालाई बचाउनको लागि २०१७ साल पौष १ गतेको परिवर्तन अत्यावश्यक हुन पुगेको हो । त्यस अवधिमा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा ठूल्ठूला उपलब्धि हासिल नभएको होइन । विकासका पूर्वाधारहरूका निर्माण भए । असंलग्न परराष्ट्र नीतिको माध्यमबाट विश्वमा नेपाललाई चिनाउने काम भएको थियो । सिक्किम भारतमा विलय भएपछि मात्र नेपाली कांग्रेसका नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्यहरू भारतीय षड्यन्त्रलाई राम्ररी बुझेर २०३३ साल पौष १६ मा नेपाल फर्के ।

२०३६ साल जेठमा राजा वीरेन्द्रबाट पञ्चायत व्यवस्था कि बहुदलीय व्यवस्था रोज्ने भनेर जनमतसंग्रह भयो । जनमत संग्रहपछि प्रतिपक्षको विचारको कदर गर्न नसकेको भन्दै २०४६ सालपछि भारतको प्रत्यक्ष सहयोगमा बहुदलीय व्यवस्था पुनस्र्थापनाको लागि जनआन्दोलन भयो । बहुदलीय व्यवस्थाको पुनस्र्थापना भयो ।

त्यसपछि २०६३ सालको जनआन्दोलन भयो । यसको १० वर्ष बितिसक्दा पनि देशले स्थिरता लिन सकेको छैन । अब संसारको पुरानो देवभूमि नेपाललाई बचाउन तथा तराई, पहाड, हिमाललाई एकताको सूत्रमा आबद्ध गर्न राजासहितको हिन्दु राष्ट्र कायम गरियोस् ।

प्रतिक्रिया दिनुहोस्