अमेरिका र मेक्सिकोबीच पर्खाल बन्ने



मोदीलाई ट्रम्पको निम्ता

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिपतीय चुनावमा लाखौं अवैध मत बनाइएको दाबी गर्दै मतदान धाँधली माथि गम्भीर छानविन गरिने प्रतिबद्धता जनाएका छन्। उनले दुईवटा राज्यमा अवैध मतदाता रहेको भन्ने विषयमा पनि छानविन गरिने बताएका छन्।
उनले विशेष गरी अनुसन्धान मत व्यक्तिहरूको नाम पनि मतदाता नामावलीमा सरिक गरिएको आरोप माथि केन्द्रित रहने बताएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनका लागि पाँच लाख अवैध मत खसेको आरोप लगाएका छन्।

तर उनले यस सम्बन्धमा प्रमाण पेस गरेका छैनन्। वास्तविकता परीक्षणकर्ताले सो आरोप असत्य रहेको भन्दै अस्वीकार गरेका छन्। प्रमुख राज्यहरूका रिपब्लिकन चुनावी अधिकारीहरूले मतदानमा धाँधली भएको कुनै प्रमाण फेला नपरेको बताएका छन्। मंगलबार ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले मानिसहरूले पेस गरेको अध्ययन र प्रमाणमाथि आधारित यस आरोपलाई ट्रम्पले निरन्तर विशवास गर्दै आएको बताएका थिए।

ट्रम्पले राष्ट्रिय सुरक्षालाई मध्यनजर राख्दै मेक्सिको र अमेरिकाबीचको सिमानामा पर्खाल निर्माण गर्ने योजना रहेको बुधबार घोषणा गरेका छन्। केही दिनपछि नै उनले आप्रवास र सीमा सुरक्षालगायत थुप्रै दस्तावेजमा हस्ताक्षर गर्ने अनुमान गरिएको छ।
यसैबीच ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा पठाएका छन्। मोदीलाई ट्रम्पले यसै वर्षभित्र अमेरिका भ्रमणमा आउन आग्रह गरेको दुई जनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मंगलबार जनाएको हो।

टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरू सामना गर्न भारतलाई असल साथी र साझेदारका रूपमा आफूले लिएको बताएका थिए।  अमेरिका र भारतको आर्थिक तथा सुरक्षा चासोका विषयमा मिलेर काम गर्ने बारेमा समेत यी दुई नेताबीच छलफल भएको ह्वाइट हाउसले जनाएको छ।

प्रधानमन्त्री मोदीले गत नोभेम्बरमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दि“दै उनको भारतप्रतिको मित्रभावलाई स्वीकार गरेका थिए।  भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा आफूले सफल प्रयोग गरेको नाराको सिको गर्दै ‘अबको समय, ट्रम्प सरकार’ भन्ने नारा प्रयोग गरेका ट्रम्पले आगामी दिनमा भारतीय नेताहरूसँग मिलेर काम गर्न चाहेको बताएका छन्।

हिन्दूहरूको महान् पर्व तिहारमा भारतीय अमेरिकी मतदाताले आफ्नो पक्षमा राम्रो प्रचारप्रसार गरिदिएको पनि ट्रम्पले टेलिफोन वार्ताका क्रममा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्