तुलना किन !



बलिउड नायिका प्रियंका चोपडा जस्तै दीपिका पादुकोण पनि हलिउडमा प्रवेश गरिसकेकी छिन्। ट्रिपल एक्स रिर्टन अफ डेन्वर केजमा विन डिन्जवलको साथ काम गरेर उनले आफ्नो हलिउड यात्रा गरिरसेकी छिन्।

नायिका प्रियंका चोपडाले पनि हलिउडमा लोकप्रियता कमाइसकेकी छिन्। उनको टिभी शो क्वाटीको लोकप्रिय बढेको छ। बेवाच छिट्टै प्रदर्शन हुनेवाला छ। जसमा उनको प्रमुख भूमिका छ। जब दुई बलिउड अभिनेतृ हलिउडमा पाइला जमाइरहेका छन् भने त उनीहरुबीच तुलना गरिनु स्वभाविक नै हो। त्यसै पनि उनीहरुबीच बाजिराव मस्तानीलाई लिएर धेरै तुलना भएकै हो।

एक भारतीय अखबारसँगको कुराकानीमा दीपिकाले आफू र प्रियंकाबीच लगातार भइरहेको तुलनाका बारे मुख खोलेकी छिन्। ‘तुलना गर्नु ठीक होइन, म सबैलाई भन्न चाहन्छु कि प्रत्येक मानिसहरुको अलग–अलग बाटो र अलग–अलग यात्रा हुन्छन्’ –उनले भनेकी छिन्।

प्रतिक्रिया दिनुहोस्