भोजपुरमा ७८४ ज्येष्ठ नागरिकले लिए परिचयपत्र



भोजपुर, १२ माघ । भोजपुर जिल्लामा हालसम्म सातसय ८४ जनाले ज्येष्ठ नागरिकको परिचयपत्र लिएका छन् ।

महिला तथा बालबालिका कार्यालय भोजपुरको तथ्याङ्कअनुसार हालसम्म महिला चारसय एक र पुरुष तीनसय ८३ गरी सातसय ८४ जनाले ज्येष्ठ नागरिकको परिचयपत्र लिएको महिला विकास कार्यालयका सूचना अधिकारी राधिका गौतमले जानकारी दिनुभयो ।

साठी वर्ष पूरा भएका वृद्धवृद्धा सरकारी सेवासुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले महिला विकास कार्यालय भोजपुरले गत आर्थिक वर्षको माघ १० गतेदेखि हरेक दिन परिचयपत्र दिँदै आएको थियो ।

कार्यालयले मङ्सिर महिनादेखि भने प्रत्येक महिनाको १ देखि ५ गतेसम्म मात्र ज्येष्ठ नागरिकको परिचयपत्र दिने जनाएको छ । ज्येष्ठ नागरिकको परिचयपत्रका लागि नागरिकताको फोटोकपी, दुईप्रति फोटो र सम्बन्धित व्यक्तिको आवेदन माग गरिएकोे छ । रासस

प्रतिक्रिया दिनुहोस्