हेटौँडा, १२ माघ । राप्रपाका अध्यक्ष कमल थापा हेटौँडा उपनगरपालिका–६ मा पार्टी वडास्तरको सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

आगामी फागुन दोस्रो साता हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार हुने र पार्टीका सम्पूर्ण मतदाता साथीहरुको आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टीको केन्द्रीय पार्षद्का लागि पार्टीको तल्लो तह वडाको सदस्यमा निर्वाचित भएपछि मात्र पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यहरुका लागि निर्वाचित हुनुपर्ने प्रावधान रहेको पार्टीका सहप्रवक्ता राजाराम बर्र्ताैलाले राससलाई जानकारी दिनुभएको छ । रासस

LEAVE A REPLY