शाहरुखलाई कालो झण्डा एकको मृत्यु



बलिउड नायक शाहरुख खानलाई कालो झण्डा देखाइएको छ। शाहरुख उनको फिल्म रइसको प्रमोसनका लागि जाँदा उनलाई कालो झण्डा देखाइएको हो।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मुम्बईबाट ट्रेनमा दिल्लीतर्पm जाँदै गर्दा उनलाई केही मानिसले मध्यप्रदेशको रतलाम स्टेसनमा कालो झण्डा देखाएका थिए। सोमबार राति करिब सवा २ बजे अगस्ट क्रान्ति एक्सप्रेसबाट रतलाम रेल्वे स्टेसन पुगेका उनी रेलबाट बाहिरै निस्किएनन्। ट्रेनको खाना खाएपछि उनी ढोकातिर लाग्दै थिए, त्यही बेला उनलाई केही मानिसले देखेका थिए।

प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनको यात्रालाई मद्यनजर गर्दै पूरा स्टेसनभरि रेल्वे पुलिस र सुरक्षा बलका जवानहरु तैनाथ गरिएको थियो। शाहरुखलाई हेर्नका लागि आधारातमा पनि धेरै मानिस त्यहाँ पुगेका थिए। ट्रेन आएपछि केही मानिसले उनको नामको नारा लगाउन शुरु गरका थिए। करिब १० मिनेटपछि ट्रेन चलेपश्चात् मानिसले उनलाई ढोकामा देख्न पाएका थिए।

भारतीय जनता युवा मोर्चा जिल्ला अध्यक्ष बलवन्त भाटीको नेतृत्वमा धेरै मात्रामा युवा मोर्चा कार्यकर्ता विरोध प्रदर्शनका लागि स्टेसन पुगेको समाचारमा जनाइएको छ। कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै शाहरुखविरुद्ध चर्को नाराबाजी गरेका थिए। कालो झण्डा देखाइरहेका बेला उनी आफ्ना फ्यानहरुका लागि भनेर बाहिर निस्किएका थिएनन्। त्यस क्रममा भागदौड मचिँदा एकको मृत्यु भएको समाचार उल्लेख छ। साहरुखले भने आफूहरू त्यहाँबाट निस्किएपछि ती मानिसको हृदयघातका कारण निधन भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्