फेडरर सेमिफाइनलमा



मेलबर्न, अष्ट्रेलिया / चार पटकका अष्ट्रेलियन ओपन बिजेता स्वीस खेलाडी रोजर फेडरर यस पटकको अष्ट्रेलियन ओपनमा पनि सेमिफाइनल पुग्न सफल भएका छन् ।

पूर्व विश्वनम्बर १ तथा १७ वटा ग्राण्ड स्लामका रेकर्डधारी फेडररले यो सफलता आज अपरान्ह भएको क्वार्टर फाइनलमा जर्मन खेलाडी मिस्चा जेभरेभलाई ६–१, ७–५ र ६–१ को अन्तरमा हराएपछि प्राप्त गरेकाहुन् ।

यस प्रतियोगितामा मात्र १३ चोटी सेमिफाइनल खेलिसकेका फेडररको अबको भीडन्त भने आप्mनै देशका स्टेन वारिन्कासंग हुने भएको छ । यस पटक १७औं वरियतामा कोर्टमा उत्रेका फेडररले फाइनल जित्न सके उनी वरियतामा मात्रमाथि उक्लिने नभई १८ औं ग्राण्ड स्लामजित्ने पहिलो खेलाडीको रेकर्ड पनि राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्