त्रिवि कर्मचारी संघको निर्वाचन घोषणा



काठमाडौं, ११ माघ ।
त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको ११ औं निर्वाचन मिति २०७३ फागुन ५ गते सम्पन्न हुने भएको छ ।

देशभर रहेको आंगिक क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, परिक्षा नियन्त्रण कार्यालय गरी जम्मा ६७ वटा मतदान केन्द्र रहने छन भने निर्वाचनमा ५ हजार ४ सय ६७ कर्मचारीले सहभागिता जनाउने भएका छन् ।

निर्वाचनमा कार्यालय सहयोगी देखि शाखा अधिकृत स्तरका कर्मचारीहरु सम्मले मात्र मतदान गर्न पाउने भएका छन् । २१ सदस्यीय कार्यकारी समितिको निर्वाचनमा अध्यक्ष एक जना,वरिष्ठ उपाध्यक्ष एक जना, उपाध्यक्षहरु पाँच जना, महासचिव एक, सचिव एक, कोषाध्यक्ष एक र अन्य ११ जना केन्द्रीय सदस्य रहनुहुनेछ ।

निर्वाचनका लागी सम्पूर्ण प्राविधिक एवं प्रशासनिक तयारी पुरा भइसकेको त्रिवि कर्मचरी संघ केन्दीय निर्वाचन समितिका प्रमुख केदार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्