कमिशन खाना आफन्तलाई सांसद कोषको रकम बाँडे



ललित सिहं बझाङ्ग, १० माघ ।
जनताको विकासको लागी भन्दै सभासदले वितरण गर्ने पचास लाख बझाङ्गका पाँच जना सभासदले दुई करोड पचास लाख आफूले कमिशन पाउने ठाउँमा आफन्तलाई मात्र योजना बितरण गरेको स्थानियले आरोप लगाएका छन ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम क्षेत्र न.१ का प्रत्यक्ष एमालेका सभासद मान प्रशासद खत्री क्षेत्र न २ का प्रत्यक्ष एमाले सभासद लाल बहादुर रावल समानुपातिक सभासद एमालेका अफिलाला ओखेडा, नेपाली कांग्रेसकी समाुनपातिक सभासद चन्द्रा जोशी र माओबादी केन्द्रका समानुपातिक सभासद जनक बुढाले आफुले बाढ्न पाउने पचास लाख आफन्तजन र कमशिन पाउने ठाउँमा मात्र बितरण गरि बझाङ्ग बिकासको दुई करोड पचास लाख दुरुउपयोग र कमिशनको खेलमा बितरण गरेको स्थानियले आरोप लगाएका हुन ।

गाउँमा आउँदा हामीलाई भोट देउ हामीले तपाईको गाउँको बिकासमा काम गर्छु भन्ने नेताले सभासद भए पछि जनताको बिकास गर्नुको साँट्टो आफुले वाँडन पाउने रकम कागजमा मात्र वाँडने र परिवारका सदस्य र आफनो वरीपरि घुम्ने कार्यकर्तालाई योजनाको नाम दिदै रकम बितरण गरेर कमिशन लिने गरेको काँडा गाबिस ३ धलौनका मान बोहराले बताए ।

उनले भने नेताले भोट माग्न गाउँमा आउदा हामीले खसी बोका र पुरी पकमान खुवाउने गरेका छु ।गाउँलेको निजि स्रोत बाट संचालन हुदै आएको धलौन माबिमा तिन बर्ष देखि रकम देउ शिक्षको तलब दिनुछ भन्दा सुनेको नसुने झै गर्छन । योजना सबै बिकासमा नभई रकम वाँडेर खाने मात्र नाम दिएका छन गत बिगतमा पनि त्यस्तै हुने गरेको थियो ।

निर्माणको नाउमा मन्द्रिरको एक ढुङ्गा पनि थपएिको छैन गएको बर्ष सेतो माटोले मन्दिर छिपेर(पोते) बाटो झाडेर(सफा) गरे १५ लाख त्यसै सभासद लाल बहादर रावल का दाजुले खाए यो बर्ष पनि वाटपाला मन्दिर निमार्ण भनेर आफनै गाउँको मन्दिर सामुदायिक भवनको नाम राखेर रकम बिनियोजन गरेका छन यी सबै योजना नाम मात्रका भएको मौलाली गाबिसका बिष्णुभक्त खैरले बताए ।

उनले भने सभासदले वाँडेका योजना हेदै हाँसो उठेर आउन्छ बिकास हैन पैसा कमाउ र जनता माथि रजाई गर भएका छ । बिकास कागतमै सिमित छ जनताले देख्न पाएका छैन गाउँमा सभासदका नातेदार नजिका कार्यर्कतालाई योजनाका अध्यक्ष सहितको समिति बनाउने गरेका छन । सदरमुकाम चैनपुरको होटल र सभासदको क्वाटरमै योजनाका कागतपत्र मिलान गरि फरफारक गर्ने गरेका हुन्छन । हामी गाउँमा एक छाक भात खान नपाए र भोक भोकै बस्नुपरेको छ ।

जनताको बिकासको लागी भए सभासदले सडक, शिक्षा, स्वास्थ्य खाने पानी लगाएत सबै जनताको समान पहुँच हुने गरि योजना बितरण गर्थे राज्यको ढुकुटि बाट सिधै आफु खान नपाउने भए पछि योजनाको नाम दिए र प्रति ब्यतिm ५० लाख सभासदले जनताको नामा खाने गरेको पुर्व स्थानिय बिकास अधिकारी शिब कोईरालाले बताए ।

उनले भने राज्य निमार्ण गर्ने सभासदको आचरण समेत भष्ट छ गरिवर वेरोजगार युवाले त कामै नगरि पैसा खान पाए नखाने कुरै भएन यो रकम केन्द्र बाटै रोक्नु पर्छ । यस्तै हुने हो भने गाउँ गाँउमा भष्ट चारी बढने छन । नत सभासदले बितरण गरेका योजनाको अनुगमन हुन्छ नत सार्वजनिक सुनुवाई कागतमै सिमति हुन्छ ।

जिल्लाको बिकास गर्ने भनेर बझाङ्गी जनताले क्षेत्र नम्वर १ वाट प्रत्यक्ष एमालेका मान प्रशाद खत्री र क्षेत्र न २ बाट प्रत्यक्ष एमालेका लाल बहादुर रावल निवार्चित गरेर पठाए पनि उनीहरुले आफना नाता गोता , आसेपासेलाई जिल्लाको बिकासमा आएको योजना बर्ष पिछे बिरतण गदै आएका छन यो बर्षको निवार्चन क्षेत्र बिकास कोष पनि मठ मदिर चेनता मुलक तथा शिप मुलक भनेर १ करोड रकम बितरण गरेका छन ।

त्यस्तै नेपाली कांग्रेसकी समानुपातीक सभासद चन्दा जोशी एमालेका समानुपातिक सभासद अफिलाल ओखेडा र माओबादि केन्द्रका समानुपातिक सभासद जनक बुढाले पनि जनहि ५० लाखका दरले १ करोड ५० लाख मठ मन्द् ि सिपमुलक मै भनेर कार्याकता र आफन्त जनलाई बितरण गरेको स्थानियले गुनासो गरेका छन ।

सरकारी नियम अनुसार कमतिमा पनि एक योजना १० लाख वरावर अरु योजना १ लाख भन्दा माथिका वनाए र क्षेत्र बिकासको रकम बितरण गरेर सभासदले ल्याएका छन ।त्यसैलाई हामीले नियमा अनुसार काम गरि रहेको स्थानिय बिकास अधिकारी प्रमोद सिखंडाले बताए ।

उनले भने निमयम कानुन त छदैछ त्यसलाई नेताले कार्यन्यन गरिदिए हुने थियो हुदैन । जिल्लामा आएको निवार्चन क्षेत्र पुर्वाधार बिकासको ६ करोड पनि नेताले यसरी नै आफन्तर नजिका कार्यकर्ताले रजाई गर्ने गरि नै बितरण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्