जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु



भद्रपुर, १० माघ ।

झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणमा परीे एक महिलाको मुत्यु, भएको छ भने, एक बालिका वेपत्ता भएका छन् ।

मुत्यु हुने भद्रपुर २ बस्ने अन्दाजी ४५ वर्षिय पालमाया सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक सुब्बासगै गएकी अन्दाजी १३ बर्षिय बालिका शर्मिला लिम्बु समेत बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार भद्रपुर २ स्थित महेशपुरमा रहेको मायालु वन उपभोक्ता समिति अन्तरगतको वनमा सुब्बासहित ४÷५ जना समूह बनाएर घाँस दाउरा टिप्न गएकी थिइन् ।

आइतबार दिउसो जगलमा पसेकी सुब्बा बेलुकासम्म घर नफर्किएपछि आफन्तजन जंगलमा उनलाई खोज्दा जादा हात्तीले सुडले पछारेर फालिएको अवस्थामा भेटिएको थियो ।

हात्तीले आक्रमण गरेपछि अन्य महिला भागेका थिए भने बालिका लिम्बु अझै वेपत्ता रहेको घटनास्थल पुगेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

यता नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कर्मचारी र स्थानीयबासी वेपत्ता भएकी बालिका खोज्दा जंगल छिरेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्