गोफिन र फेडरर क्वार्टरफाइनलमा



मेलबर्न, अष्ट्रेलिया / बेल्जियमका टेनिस स्टार डेबिड गोफिन यहाँ भइरहेको अष्ट्रेलियनओपनको क्वर्टरफाइनलमा पुग्न सफल भएका छन् । उनले आज सोमबार बिहान भएको खेलमा डोमिनिकथिमलाई ५–७, ७–६, ६–२ र ६–२ को अन्तरले पाराजितगरि अन्तिम आठमा स्थानबनाउन सफलभएकाहुन् ।

अष्ट्रिेलियनओपनको इतिहासमाथिम पराजित भएपछि क्वार्टरफाइनलअघि नै आठौं वरियताभित्रकाथिमसमेत ६ जना खेलाडीहरु पहिलो पटक प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यसभन्दाअघि स्वीट्जरल्याण्डका पूर्व विश्वनम्बर १ खेलाडी रोजर फेडरर जापानका केइ निशिकोरीलाई ५ सेटसम्म भएको संघर्षपूर्ण खेलमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् । क्वार्टर फाइनलमा उनले विश्वकावर्तमान १ नम्बर वरियताका ब्रिटीश खेलाडी एन्डी मुरेलाई चौथो चरणबाटै विदालिन बाध्यबनाउने ५० औं वरियताका जर्मन खेलाडी मिस्चा जेभरेजलाई हराउन सके फेडरर अष्ट्रलियन ओपनको इतिहासमा १३ पटक सेमिफाइनल खेल्ने खेलाडी बन्न सफलहुनेछन् ।

प्रतिक्रिया दिनुहोस्