ट्रम्पले राजदूत बोलाउँदै



वाशिङ्टन, (एजेन्सी)
अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो ओबामा प्रशासनद्वारा नियुक्त गरिएका विश्वका विभिन्न देशमा रहेका राजनीतिक नियुक्तिका राजदूतहरूलाई फिर्ता बोलाउनुभएको छ।

गएको डिसेम्बर २३का दिन नै सबै राजदूतहरूलाई यसबारेमा सूचित गरिसकिएको जनाइएको छ। उहाँले गत शुक्रबार मात्रै पदभार ग्रहण गर्नुभएको हो। राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाइए पनि नयाँ नियुक्तिका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अमेरिकाका धेरै कूटनीतिक नियोगहरू राजदूतविहीन हुने खतरा बढेको छ।

प्रतिक्रिया दिनुहोस्