११ वर्षमै हिट बेगेन्द्र बुढाको फिल्ममा गाउने सपना



रश्मी थापा

सानो उमेरमा नै आफ्नो जादुमय स्वरका कारण विषेषगरी युट्युब दर्शकमाझ ख्याती कमाएका बालगायक हुन् अछाम मंगलसेन नगरपालिकाका बेगेन्द्र बुढा। आधुनिक होस् या लोक पप् अथवा या पश्चिमी देउडा नै किन नहोस, सबै खालका गीतहरूमा लयबद्ध रूपमा स्वर भर्न सक्ने भर्खरै १२ वर्ष टेक्दै गरेका यी प्रतिभाशाली गायकको युट्युबमा अपलोड भएका प्रायः भिडीयोहरूमा प्रेम परियारपछिको दोस्रो बाल गायक बेगेन्द्र बुढा भनिएको छ। तर उनी भन्छन् ‘म प्रेम परियारपछिको दोस्रो गायक होइन, म केवल बेगेन्द्र बुढा नै भनेर चिनिन चाहन्छु।ु

करिव ४ वर्ष पहिले युटुयुबमा उनले गाएको गीतको पहिलो भिडियो आएपछि लगातार अन्य भिडीयो आए। जुन विभिन्न व्यक्तिहरू तथा उनी आफैँले अपलोड गरेका थिए। ‘युट्युबमा भिडियो राख्न आफैँ जानेको होु उनी भन्छिन्। सानै उमेरदेखि विभिन्न गायक गायीकाको गीत गाउने उनी आफुले आजसम्म कुनै पनि प्रकारको गीतसंगीतसम्बन्धि प्रशिक्षण नलिएको बताउँछन्। ‘अछाममा एउटा डान्स क्लब थियो, त्यहाँ हल्का डान्सचाहिँ सिकेको थिएँ। डान्स सिक्दा गीत पनि गाइदिन्थें। मेरो गीत सुनेर त्यहाँको दाईहरूले प्राक्टिस गर राम्रो स्वर छ भन्नुहुन्थ्यो,ु उनले भने ‘केही समयको डान्स प्रशिक्षणपछि आफ्नै उमेरकालाई डान्स पनि सिकाएको थिएँ।’ मसँग डान्स सिक्न धेरै ठुला रेडियोकर्मी दाईहरू पनि आउनुहुन्थो, सिकाइदिनु पर्यो भन्नुहुन्थ्यो अनि सिकाइदिन्थे।ु

बिना कुनै प्रशिक्षण विभिन्न गीतहरू गाएका उनले हालै आफ्नो स्वरमा रहेको दुई गीतहरू रेकर्ड गरेका छन्। आमा तिम्ले जन्म दियौ संसार देखायौ बोलको उनको पहिलो गीत हो। जस्मा शब्द उनको आमा अमृतादेवी बुढा र लय संगीत उनकै रहेको छ भने बसन्त बस्नेतको संगीत बिबि हाङको रचनामा रहेको पहिलो भेटमै बस्यो किन यति धेरै प्रितहरू बोलको गीत उनको दोस्रो गीत हो। ‘धेरैले संगीत नै नसिकी कसरी यति राम्रो गीत अनि लय संगीत गर्न सक्यो भन्नुहुन्छ। तर मैले केही गर्न सक्छु भनेर प्रयासमात्र गरेको हुँु उनी हौसिँदै भन्छन्। विभिन्न लयका गीतहरू गाउने उनलाई मन पर्ने विधाचाहिँ आधुनिक विधा हो रे। ‘सानोमा प्रेम परियार दाईहरूले गाएको देखेर पनि आधुनिक गीत गाउन मन लाग्यो। देउडा त अछामको संस्कृति नै हो। यसलाई पनि आधुनिकसँगै ट्वीस्ट गरेर लान्छु भन्ने छ। म सबै किसिमको गीतहरूसँगै लान चाहन्छु यी बाल बुढा भन्छन् ‘प्रेम परियार दाईलेहरूले फिल्मको गीतहरू गाएको देख्दा मलाई पनि फिल्मका गीतहरू गाउने मन छ हेरौँ कहिले मौका पाइन्छ?ु

प्रेम परियार दाईहरूले गाएको देखेर पनि आधुनिक गीत गाउन मन लाग्यो। देउडा त अछामको संस्कृति नै हो। प्रेम परियार दाईलेहरूले फिल्मको गीत गाएको देख्दा मलाई पनि फिल्मका गीतहरू गाउने मन छ, हेरौँ कहिले मौका पाइन्छ?

१० वर्षको उमेरमा बाल कार्यक्रम कलिला स्वरहरू सञ्चालन गरेका उनी शब्द चयनमा पनि उत्तिकै पोख्त छन्, यसलाई हेर्दा लाग्छ कि उनी ११ वर्षे बालक नै होइनन्। ‘रेडियोमा कार्यक्रम चलाउँदा धेरैले राम्रो छ भन्नु हुन्थ्यो, अहिले मेरो भिडियो हेरेर धेरैले राम्रो प्रतिक्रिया दिनुहुन्छ। फेसबुकमा त यती धेरै मेसेजहरू आउँछन् कि मोबाइल नै ह्याङ हुन्छ। ममी र अंकलको मोबाइलबाट फेसबुृक चलाउने गरेको छु। फेसबुक राम्रो होइन भन्ने सुनेको छु। तर मैले धेरै कुराहरूको जानकारी पाइन्छ भनेर फेसबुक चलाएको हो,ु उनले भने। उनका बुवा कर्ण बहादुर बुढा नेपाल प्रहरीको सहायक निरिक्षक हुन् भने आमा अमृतादेवी बुढा नेपाली काँग्रेस अछाम जिल्ला कार्यसमितीको उपाध्यक्ष हुन्। केही महिनाअघि काठमाडौं आएर कक्षा ७ मा पढ्न थालेका उनी यता आफ्नो काकासँग बस्छन्। ‘ममीलाई आफ्नो कामको लागि धेरै ठाउँहरूमा हिँडिरहनुपर्छ। कहिलेकाहीँ मात्र यता आउनुहुन्छ। बाबा पनि जागीरको कारण बाहिर नै हुनुहुन्छ। ममीलाई कहिलेकाहीँ नजान” भन्छु। तर मम्मीको पनि आफ्नै काम गर्नुपर्छु उनी भन्छन्। केही समयअघिबाट मात्र काठमाडौंमा बसोवास गर्न थालेका यी कलिला बालक पहिले पहिले घुम्न आउँदाको र अहिले बस्दाको काठमाडौंमा निकै फरक पाएको पाको अनुभव सुनाए। ‘त्यति बेला घुम्न आउँदा त काठमाडौ सफा थियो। धरहरा पनि चढेको थिएँ, तर अहिले त पहिलेभन्दा धेरै प्रदुषण बढेको छ। धरहरा पनि छैन। अछाममा त वातावरण निकै सफा छ। तर पढाइ र गीतसंगीतलाई पनि अगाडी बढाउनको लागि भनेर काठमाडौ आएको हुँ। अछाममा हुँदा फस्ट सेकेन्ड नै हुन्थेँ। अहिले लिभरपुल स्कुलमा पढ्छु। हेराँै रिजल्ट के हुन्छु उनले भने।

विभिन्न कार्यक्रहरूमा हिँडिरहनुपर्ने र उनको उमेर सानै भएकाले उनलाई विभिन्न ठाउमा लाने ल्याउने व्यवस्था मिलाउने कार्यमा उनको काका कमल बहादुर बुढाले सहयोग गर्दै आएका छन्। ‘धेरै मिडिया तथा कार्यक्रमहरूमा अन्तर्वार्ता तथा प्रस्तुतिको लागी ल्याइदिनु भन्नुहुन्छ। सकेसम्म लाने गरेको छु। तर कतिपय ठाउँमा पढाई र कार्यव्यस्तताले गर्दा लान सकिँदैन। नेपाल बाहिरका नेपालीहरूले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा पनि धेरै बोलाउँछन्। तर पढाइमा बाधा पुग्ने भएकाले नेपाल बाहिरका कार्यक्रमहरूमा अहिले पठाएको छैनु, उनका काकाले भने। आफुजस्तै बालबालिकाहरूलाई उनी केही बन्नको लागि सबैभन्दा पहिले पढाईमा ध्यान दिन र त्यसपछि मात्र अन्य क्षेत्रमा लाग्न सुझाव दिन्छन्। ‘पढाई नभए त केही पनि गर्न सकिँदैन। त्यसैले सबैभन्दा पहिले पढाइलाई नै प्राथमिकता दिनुपर्छ। पढाई र गीतसंगीत बाहेक फुटबल खेल्न र वालआर्टमा पनि रुचि छ। तर म मुख्य प्राथमिकता पढाइलाई नै दिन्छु। किनभने पढाई भएन भने त केही पनि हँ‘दैन। मलाई भविष्यमा राम्रो कलाकार बन्ने र नामको अगाडी डा. लेख्ने इच्छा छ। अनि म गीतसंगीतमार्फल आफ्नो देशको नाम विदेश सम्म फैलाउने चाहना छु उनले आफ्नो सपना शेयर गर्दै भने।

प्रतिक्रिया दिनुहोस्