ओबामाले सोधेः अब के गरुँ ?



वाशिङ्टन, (एजेन्सी)
अमेरिकी राष्टपतिको जिम्मेवारीबाट मुक्त भएका बाराक ओबामाले नागरिकसँग ‘के गर्नु पर्ला‘ भन्दै सल्लाह मागेका छन्। ओबामाले सामाजिक सन्जालमा आफनी पत्नी मिसेलसँगको एउटा भिडियो जारी गरेका छन्।

उनले उक्त भिडियोको माध्यमबाट नागरिकसँग विचार मागेका छन्। ओबामा सिकागोमा प्रेसिडेन्सियल सेन्टर बनाउने तयारीमा लागेका छन्। ओबामाले त्यसका लागि नागरिकसँग विचारहरु पठाउन आग्रह गरेका छन्। पुर्व राष्टपतिले उक्त केन्द्रबाट नागरिकका लागि काम गर्ने बताएका छन्।

यसबीच मिसेल ओबामाले आफनो पहिलो प्राथमिकता सुत्नु रहेको बताइन्। ओबामाको प्रसिडेन्सियल सेन्टर प्रोजेक्टमा थुप्रै कुरा हुनेछ। यसमा एउटा पुस्तकालय हुनेछ। यो परियोजना देश र विश्वका लागि समर्पित हुने उनले बताए। ओबामाले नागरिकलाई ओबामाडटओआरजीमा आफनो विचार, अपेक्षा र प्रेरणा पठाउन आग्रह गरेका छन्।

ह्वाइट हाउसमा ८ बर्ष बसेपछि ओबामाले शुक्रबार निर्वाचित राष्टपति ट्रम्पलाई सत्ता सुम्पेको थियो। ओबामा दम्पतीले नागरिकहरुलाई समर्थनका लागि धन्यबाद दिए।

प्रतिक्रिया दिनुहोस्