ओम्नी सहकारीको साधारणसभा सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
ओम्नी बहुउद्धेश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भयो। सांसद ध्यानगोविन्द रञ्जितको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ, राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायतका अथितिले सहकारीको भूमिका र राष्ट्रिय राजनीतिका विषयमा प्रकाश पार्नुभएको थियो।

साधारणसभामा सहकारीका अध्यक्ष प्रकाशमान श्रेष्ठले संस्थाको वार्षिक आयव्याय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारणसभामा अध्यक्षले सहकारीको शेयर पुँजी ८ लाख ७ हजार ६ सय रुपियाँले वृद्धि भई १ करोड ८ लाख १७ हजार ६ सय रुपियाँ पुगेको बताउनुभयो। उहाँले सहकारीले १५ करोड २१ हजार ३७१ रुपियाँ निक्षेप संकलन तथा १० करोड ७७ लाख ५५ हजार ५११ रुपियाँ कर्जा लगानी गर्दै ३ लाख ६४ हजार ७३८ रुपियाँ खुद नाफा गरेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्