ग्यालेक्सी सी नाइन प्रो नेपालमा आउँदै



काठमाडौं, (नेस)
सामसुङले नयाँ स्मार्ट फोन बजारमा ल्याउने भएको छ। कम्पनीले ग्यालेक्सी सी नाइन प्रो मोबाइल बजारमा ल्याउन लागेको हो। ग्यालेक्सी ए नाइन प्रोभन्दा यो नयाँ सेट निकै राम्रो भएको कम्पनीको भनाइ छ। यो मोबाइल गत अक्टोबरमा चीनमा सार्वजनिक भइसकेको छ।

भारतमा बिहीबार मोबाइल सार्वजनिक भएको छ। अब यो मोबाइल नेपाल, बंगलादेश, कम्बोडिया, म्यान्मार, श्रीलंका, थाइल्यान्ड, मलेसिया र भियतनाममा छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ। यो मोबाइल सेट कालो, गोल्ड, रोज गोल्डमा उपलब्ध छ। यो फोनको नेपाली बजार मूल्य ६० हजार रुपियाँको हाराहारीमा हुने कम्पनीले जनाएको छ।

छ इन्चको फुल एचडी सुपर डिस्प्ले, ६ जिबी र्याम, ६४ जिबी इन्टर्नल स्टोरेज, १६ मेगापिकसेलको क्यामेरा, ४ हजार एमएचए ब्याट्री क्षमता लगायतका यसका विशेषता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्