उत्तर प्रदेश फेस्टिवल हुने



नेपाल समाचारपत्र
काठमाडौं
भारतीय दूतावासले वीपी कोइराला फाउन्डेसन र इण्डिन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज तथा एसियन पेन्टस्सँग सहकार्यमा काठमाडौंमा उत्तर प्रदेश फेस्टिवल आयोजना गर्ने भएको छ। भारतको ६८औं गणतन्त्र दिवसको उपलक्ष्यमा जनवरी २६ तारिदेखि उक्त फेस्टिवल आयोजना हुन लागेको हो।

फेस्टिवलमा भारतका विभिन्न प्रख्यात सनाईबादक सहित कलाकारहरूले होटल सोल्टीमा जनवरी २६ तारिखमा प्रस्तुती दिने छन्। फुड फेस्टिबलमा भारतको उत्तरप्रदेशका विभिन्न खानाका परिकारहरू उपलब्ध हुने बताइएको छ।

क्रस बोर्डर पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड, उत्तरप्रदेश राज्य पर्यटन विकास बोर्डलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाहरूबीच बृहत् छलफल हुने बताइएको छ। तीन दिनसम्म चल्ने फेस्टिवलका क्रममा क्रस बोर्डर व्यापार सम्बन्धका विषयमा छलफल हुनेछ। उत्तर प्रदेश फेस्टिवल कत्थकलगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै उत्तर प्रदेशमा निर्मित हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनीमा राखिनेछ।

प्रतिक्रिया दिनुहोस्