जनमतः आफ्नै विशेषता र पहिचानमा जनमत मासिक राष्ट्रिय “क” वर्गमा



मोहन दुवाल
७) हालसम्म जनमतमा ‘विशेष अङ्क र ‘स्मृति अङ्क विशेष’ का रूपमा प्रकाशित भएका स्रष्टाहरूमा भीमनिधि तिवारी स्मृति, पारिजात, पारिजात स्मृति, चूडामणि रेग्मी, धुस्वां साय्मि, लैनसिंह वाङ्गदेल स्मृति, केवलपुरे किसान, शेषराज सिवाकोटी, हरिप्रसाद पाण्डेय, ज्ञानकाजी मानन्धर, परशु प्रधान, ओमी शर्मा स्मृति, जगदीश घिमिरे, श्रीहरि फुयाँल विशेष छन् । अन्य व्यक्ति सर्जक विशेषमा तेजप्रकाश श्रेष्ठ, एस.पी. आसा, लक्ष्मीदेवी राजभण्डारी, पूर्ण वैद्य, भीम विराग, कृष्णप्रकाश श्रेष्ठ, बूँद राना, रमा शर्मा, डा. भीमचरण थापा, हरिहर खनाल, कृष्णप्रसाद दुवाल, शिव रेग्मी, वासुदेव भाइसाब, बद्री पालिखे, अर्जुन पराजुली, राधिका राया, श्यामकृष्ण श्रेष्ठ, नरेश शाक्य, विक्रम सुब्बा, दामोदर पुडासैनी ‘किशोर’, इन्द्रकुमार विकल्प, गोविन्द गिरी प्रेरणा, गोपाल अश्क, मातृका पोखरेल, लक्ष्मण राजवंशी, डा. ओमवीरसिंह बस्न्यात, कपिल अज्ञात, हरि मञ्जुश्री, पुष्करराज भट्ट, कृष्ण धराबासी, हेमराज पहारी, चन्द्रकला नेवार, आर.सी. रिजाल, रामप्रसाद पन्त, डा. सुषमा आचार्य, पुण्य कार्की, कृष्ण जोशी, डी.आर. पोखरेल, मनप्रसाद सुब्बा, डिल्लीरमण शर्मा अज्र्याल, नरेन्द्रबहादुर श्रेष्ठ, खेमनाथ दाहाल, लक्ष्मीप्रसाद देवकोटा, वीरबहादुर चन्द, विन्दया सुब्बा, सत्यमोहन जोशी, सदानन्द अभागी, शान्तिनारायण श्रेष्ठ, पुष्प सुब्बा ‘थाम्सुहाङ’, देवीलाल श्रेष्ठ स्मृति, खेम कोइराला ‘बन्धु, हरिप्रसाद शर्मा, श्यामप्रसाद शर्मा, नरनाथ लुइँटेल, रामबाबु सुवेदी, ओमी शर्मा स्मृति, टी.आर. विश्वकर्माका कविता, किसनसिंह धामी, भानुभक्त विशेष प्रकाशित छन् । यस खालका अङ्कहरूले स्रष्टाहरूको मनोबललाई उच्च तुल्याउन अवश्य साथ दिएको देखिन्छ । स्रष्टाहरूको यो प्रकाशन कार्य जनमतले गौरव गर्ने कर्म हो ।

यसै गरी जनमत विशेषका रूपमा ‘जनमत ५० औं अङ्क (५०, २०५२–२०५३ माघ–वैशाख), जनमत १०० शताङ्क (१००, २०६१ चैत), जनमत विशेष (१२१, २०६४, जेठ), जनमतः रजत विशेष (१३८, २०६५ माघ), जनमत सम्मानित प्रतिभा विशेष (२११, २०७१ चैत, ५१४ पृष्ठको गौरवपूर्ण जनमत अङ्क), जनमत द्विशताङ्क (२००, २०७१ वैशाख), जनमत प्रतिभा विशेष (२२२, २०७२ चैत), अन्य विशेषमा ‘केही भारतीय नेपाली लेखक विशेष (१४४, २०६६ साउन), कवि अनुभूति र कविता विशेष (२०, २०४८ वैशाख–असार), जिल्ला विशेषमा काभ्रेली प्रतिभा अङ्क १ र २, चितवन, कैलाली, स्याङ्जा, लमजुङ, तनहुँ, बागलुङ, धादिङ, नवलपरासी, मकवानपुर, उदयपुर, दार्चुला, कास्की, वैतडी, दाङ, सिक्किम १ र २, रूपन्देही, नुवाकोट, सुनसरी, डोटी, डायस्पोरा केही गजल, कञ्चनपुर, पाँचथर, झापा, सिन्धुली साहित्य विशेष प्रकाशित छन् । देश र विदेशका नेपालका साहित्यकारहरू चिनाउने यस अभियानमा लागेर हामीले कुनै पनि पूर्वाग्रहले स्रष्टा सर्जकलाई नियाल्ने गरेनौं । स्रष्टाहरूको सिर्जना, साधना र समर्पणलाई मात्र मूल्याङ्कन गरेर व्यक्ति र जिल्लालाई मापन गर्यौं । जिल्ला अङ्क निकाल्न सहयोग गर्ने सबै अतिथि सम्पादकहरू धन्यवादका पात्र मात्र नभई जनमतको इतिहाससँगै लिपिबद्ध भएका छन् । यस साहित्यिक अभियानमा जाति, लिङ्ग, क्षेत्र र विचार–विभेदलाई मापन नगरी साहित्यिक सेवा र सिर्जनालाई आधार मान्यौं । यस स्तम्भले जनमतको उचाइमा अरू उचाइ थपेर धन्य बनाइदिएका छन् ।

८) जनमत ‘साभार’ स्तम्भ पनि जनमतको आफ्नो छुट्टै खालको स्तम्भ हो । यस स्तम्भमा हालसम्म जनकप्रसाद हुमागाईं, रमेश श्रेष्ठ, कपिल लामिछाने, जीवेन्द्रदेव गिरी, कन्हैया नासननी, विष्णु अल्पविराम, सरूभक्त, अनिल पौडेल, डा. तुलसी भट्टराई, काशीराम विरश, मातृका पोखरेल, रामप्रसाद ज्ञवाली, नवीन विभास, श्यामबहादुर भावुक, शान्ता श्रेष्ठ, नवराज रिजाल, आशाकाजी सेवक, घनश्याम राजकर्णिकार, वासुदेव अधिकारी, प्रदीप प्रधान, डा. गणेशकुमार पौडेल, नारायण श्रेष्ठ, गीता केशरी, रत्नप्रसाद अनामणि श्रेष्ठ, शशि भण्डारी, रमा शर्मा, विष्णुबहादुर सिंह, दामोदर पुडासैनी ‘किशोर’, मोहनबहादुर कायस्थ, हरिराम जोशी, सिर्जना शर्मा, लक्ष्मी माली, इन्द्रकुमार विकल्प, गोपाल अश्क, प्रद्युम्न श्रेष्ठ, श्यामप्रसाद शर्मा, गीता त्रिपाठी, मुकुन्द पोखरेल, ज्ञानकाजी मानन्धर, पद्मावती सिंह, दिनेश सेवाचार्य, शेषराज सिवाकोटी, मोहन दुवाल, श्रेष्ठ प्रिया ‘पत्थर’, रामसुन्दर देउजा, नवराज दाहाल ‘उत्साही’, नरेश शाक्य, धनमान श्रेष्ठ, डी.आर. पोखरेल, चूडामणि रेग्मी, सुबिसुधा आचार्य, जगदीश घिमिरे, जलेश्वरी श्रेष्ठ, बद्रीबहादुर कार्की, एस.पी. आसा, विजय पौडेल, डा. अरुण साय्मि, हृदयचन्द्रसिंह प्रधान, डा. राममान तृषित, डा. अभि सुवेदी, रामेश्वर जलन, डा. सुमनराज ताम्राकार, विप्लव ढकाल, कृष्ण प्रसाईं, भागीरथी श्रेष्ठ, रेमिका थापा, प्रमोद प्रधान, स. चूडामणि रेग्मी, जोगेन दर्नाल, शुक्रराज शास्त्री, रामप्रसाद पन्त, प्रद्युम्न जोशी, नरेन्द्रराज पौडेल, सूर्यप्रसाद लाकोजू, अच्युत घिमिरे, डी.आर. पोखरेल, डा. बमबहादुर थापा ‘जिताली’, रामबाबु सुवेदी, छविरमण सिलवाल, ठाकुर बेलवासे, नरेन्द्रबहादुर श्रेष्ठ, पवन आलोक, सरस्वती श्रेष्ठ ‘सरू’, देवराज खरेलका व्यक्ति परिचय र सिर्जनासमेत प्रकाशित भएका छन् । यस खालको अभियानले जनमतलाई स्रष्टाहरूमाझ पुर्याउने कार्य भएको प्रतीत हुन्छ ।

९) पुस्तकका रूपमा ‘पुस्तक अंश’ मा शहीद शुक्रराजद्वारा लिखित १९८० मा प्रकाशित स्वर्गको दरबार (निबन्धात्मक दर्शन कृति) र यसै गरी शान्ता श्रेष्ठको ‘सङ्घर्षभित्रको अनौठो पाइला’ धारावाहिक रूपमा प्रकाशित भएको उपन्यास कृति हो । दुबै कृति पछि जनमत प्रकाशनबाट प्रकाशित भएको छ ।
१०) जेलभित्र लेखिएका साहित्य प्रसार–प्रसार गर्ने क्रममा ‘अनुभव’ स्तम्भमा हालसम्ममा खड्गमान सिंहको ‘जेलमा बीस वर्ष’, सिद्धिचरण श्रेष्ठको ‘जेल संस्मरण’, विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल जर्नल’ प्रकाशित भइसकेका छन् । यसै गरी नारायणमान बिजुक्छेँ ‘रोहित’ का ‘जेलका चिठ्ठीहरू’ प्रकाशित हुँदै छन् । यो एक खालको संस्मरणमा राख्नुपर्ने ऐतिहासिक अनुभवहरू भएकैले जनमतबाट प्रकाशित भएका छन् ।

११) लेखकहरूको आफ्नो परिचय र हस्ताक्षर चिनाउने उद्देश्यले प्रकाशित हुँदै आएको ‘हस्ताक्षर’ स्तम्भ जनमतको आफ्नै खालको अभियानको नमुना हो । जनमतमा पनि थुप्रै स्रष्टाहरूको हस्ताक्षर छापिएका छन् । यसको अलावा ५५५ जना स्रष्टाहरूको हस्ताक्षर सङ्कलन गरिएको ‘अक्षरभित्रः स्रष्टाहरू’ मोटो ग्रन्थ प्रकाशित भएको छ । उक्त अङ्क ऐतिहासिक ढङ्गले १४ अञ्चलका स्रष्टाहरूबाट नेपाल प्रज्ञा प्रतिष्ठानका तात्कालीन कुलपति वैरागी काइँलाबाट सार्वजनिक पनि भएको हो ।

१२) ‘फूलबारी’ स्तम्भ विद्यालयमा पढ्दै आएका विद्यार्थीहरूको आफ्नो स्तम्भ हो । यस स्तम्भमा धेरै विद्यालयका विद्यार्थीको कविता प्रकाशित भइसकेका छन् । यस स्तम्भलाई २०७४ वैशाखदेखि नियमित तुल्याउने उद्देश्य छ । वर्षभरिमा प्रकाशित कविहरूको कविताको मूल्याङ्कन गरी रू. ५००५।– नगदसहित अलङ्कार र ताम्रपत्रले जनमत–केदार–सुदर्शना बालप्रतिभा अलंकारसहित सम्मान गर्ने उद्देश्यले ठमेल निवासी केदारनारायण मानन्धरले ‘जनमत–केदार’ सम्मानको व्यवस्था गर्ने घोषणा भएको छ ।

१३) यसै गरी जनमतमा वर्षभरि प्रकाशित लेख⁄रचनाको मूल्याङ्कन गरी ‘दीपा–जनमत’ सम्मानले विधागतरूपले सम्मान हुँदै आएको वि.सं. २०५० सालदेखि हो । वरिष्ठ साहित्यकार धुस्वां साय्मिको प्रेरणाले संस्थापन भएको यो सम्मान उहाँको दिवंगतपछि पनि सञ्चालित छ । यस सम्मानबाट हालसम्म सम्मानित हुनेहरूमा केदारनाथ प्रधान, गोपालप्रसाद पराजुली, मञ्जु काँचुली, खगेन्द्र संग्रौला, गोपीकृष्ण शर्मा, प्रतिसरा साय्मि, ज्ञानेश्वर उदय पाल्पाली, जीवेन्द्रदेव गिरी, होमकुमार श्रेष्ठ, कपिल लामिछाने, रामप्रसाद ज्ञवाली, माया ठकुरी, घनश्याम राजकर्णिकार, डा. माधवप्रसाद पोखरेल, डा. खगेन्द्रप्रसाद लुइँटेल, बद्रीलाल श्रेष्ठ, त्रिलोचन आचार्य, हरिप्रसाद पाण्डेय, भूषण श्रेष्ठ, हरि खनाल, अमरकुमार प्रधान, धनमान श्रेष्ठ छन् । जनमत वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुने अन्य सम्मानको यहाँ उल्लेख नगरी जनमत मासिकसँग सम्बन्धित सम्मानको मात्र यहाँ उल्लेख गरिएको छ ।

१४) विश्वका उत्कृष्ट पुस्तकलाई अनुवाद गर्न दिई ‘अनुवाद’ छाप्दै जाने उद्देश्यले श्यामसुन्दर सय्जुले रविन्द्रनाथ टैगोरको ‘गीताञ्जलि’ को अनुवाद गरेर र यसै गरी राहुल सांकृत्यायनको ‘सिंह सेनापति’ को भारद्वाज मित्रले अनुवाद गरेर हामीलाई अनुग्रहित तुल्याएका छन् । यस अनुवाद पृष्ठले जनमतको गरिमालाई अझ माथि पुर्याइदिएको छ ।

१५) कलाकारहरूको कलासहित ‘कला⁄परिचय’ स्तम्भमा कलाकार र कला चिनाउँदै आएको यस स्तम्भ पनि जनमतको मौलिक स्तम्भका रूपमा चिरपरिचित छ । यस स्तम्भमार्फत थुप्रै कलाकारहरूमाझ साहित्य पुर्याउने सफलता जनमतलाई मिलेको छ ।

१६) जनमत मासिकलाई व्यवस्थित ढङ्गले नियमित प्रकाशनमा आफ्नो श्रम, बर्कत र ज्ञान सम्प्रेषण गर्दै आएका जनमत मासिकका सम्पादिका भारती श्रेष्ठको योगदानलाई कदर गर्दै ‘जनमत’ बाट हुने कार्यक्रममा एकजना साहित्यिक पत्रकारलाई सम्मान गर्ने वि.सं. २०७० सालदेखि शुरू भएको सम्मान कार्यक्रम हो । ‘भानु मासिकका व्यवस्थापिका शिवानी घिमिरेलाई २०७० मा र ‘थौंकन्हे’ मासिकका सम्पादिका रुक्मिणी श्रेष्ठलाई २०७१ मा सम्मान भइसकेको छ । यो जनमतबाट शुरू भएको साहित्यिक पत्रकारहरूको सम्मानमा संस्थापित भएको सम्मान हो । यस सम्मानले जनमतको पहिचानलाई अझ उच्च बनाइदिएको छ ।

१७) नेवार बाहुल्य रहेको नगर बनेपा रहेकोले ‘नेपालभाषा’ स्तम्भ पनि सम्प्रेषण गरिएको छ । यसर्थ जनमत मासिकको पूर्णाङ्क ११६ मा ११६ जना स्रष्टाहरूको लेख–रचना सङ्ग्रह गरी जनमतको एउटा अङ्क ‘नेपालभाषा विशेष अङ्क’ ऐतिहासिक ढङ्गले सम्पादन गरी प्रकाशित भएका छन् । जसको प्रशंसामा नेपालभाषाका पत्रिकाहरूमा लेख–रचना छापिएका छन् । यस स्तम्भमा जनमतको आफ्नै पहिचान लुकेको छुट्टै खालको प्रस्तुति भएको छ ।

भिन्न पहिचान र भिन्न विशेषताका माथि उल्लेख भएका बुँदाहरू हामी जीवन्त राख्न प्रयत्नशील छौं । सुझाव र सल्लाहका लागि हामी आभारी हुनेछौं । रचनात्मक सुझावहरू हाम्रा लागि ग्राह्य छन् । माथि उल्लेख भएका सबै स्तम्भहरू जनमतका आफ्नै खालका पहिचान देखाउने ‘अक्षर–स्तम्भहरू’ भएको कारणले हामी पछिसम्म संरक्षित गर्न चाहन्छौं । यो जनमतको आफ्नै अभियान हो ।

यसको अलावा जनमत मासिकको आफ्नै खालको परिचय दिन सफल स्तम्भहरूमा ‘कसको विचार कस्तो छ ?’, ‘मत–अभिमत’, ‘परिभाषामा साहित्य’, ‘जीवन–दृष्टि’, ‘कवि अनुभूति’ आदि खालका छन् । जुन समय सन्दर्भमा क्रम मिलाएर प्रकाशित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्