गुज्मान अमेरिका समक्ष सुपुर्दगी



मेक्सिको सिटी,(एजेन्सी)
कुख्यात मेक्सिकन लागु औषध तश्कर जोआक्विन ‘ एल चापो ’ गुज्मानलाई अमेरिका समक्ष सुपुर्दगी गरिएको मेक्सिको सरकारले विहिवार जनाएको छ । उनी सिउदाद जुआरेजबाट विमानबाट उनी न्युयोर्क आइपुगेका छन् । उनलाई अमेरिकामा ठुलो परमाणमा लागु औषध भित्रयाएको अभियोगमा आजिवन कारवास संजाय हुनसक्ने बताइएको छ ।

सिनाओला कार्टेलका नाइके गुज्मानलाई अमेरिकाको क्यालिफोर्निया र टेक्सासबाट सुपुर्दगीको लागि पहल हुँदै गरेको थियो । गतवर्ष उनलाई टेक्सासको एल पासोको सिमा नजिक को सियदाद जुआरेज कारागारमा राखिएको थियो ।
तर त्यतिवेल मेक्सिको सरकारले उनलाई सुपुर्दगी गर्न अस्विकार गरेको थियो । गुज्मानले मेक्सिकोमा नै बस्न गरेको अपिल अस्विकार गरिएको थियो । विगतमा दुईवटा अत्यन्तै कडा सुरक्षाको व्यवस्था गरिएको मेक्सिकोका दुईवटा कारगार तोडेर भाग्न सफल उनलाई पछिल्लो समय निकै कडा निगरानीमा राखिएको थियो ।

उनलाई ब्रुकलिनको अमेरिकी संघिय अदालतमा पेश गर्ने तयारी भइरहेको छ । अवैध धन्धाबाट उनले करिव एक अर्व डलर जम्मा गरेको अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्